Madhes Khabar
स्थानिय हेडलाइन

कलैयाका क्याम्पस प्रमुख कुशवाहाको हत्यामा संलग्न मुख्य अभियुक्त ६ महिनापछि पक्राउ

बारा,१३मंसिरःबाराको कलैयास्थित रामराजा मोहन विक्रम शाह बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख हरिभुषण कुशवाहाको गोली हानी हत्या गर्ने मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

गत जेष्ठ ३२ गते बाराकै आदर्शकोतवाल गाउपालिका–ं.२ खजुरीया भन्ने ठाउँमा क्याम्पस प्रमुख कुशवाहाको गोली हानी हत्या गरिएको थियो ।

क्याम्पस प्रमुख कुशवाहाको हत्यामा संलग्न मुख्य अभियुक्त आदर्शकोतवाल गाउपालिका– २ घर भएका ४१ वर्षिय सुरेन्द्र कुशवाहालाई प्रहरीले हत्या भएको ६ महिनापछि पक्राउ गरेको हो ।हत्या घटनापछि भागेर भारतमा लुकिछिपी बसेका कुशवाहालाई प्रहरीले मोरङ जिल्लाबाट बुधबार पक्राउ गरेको बाराका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए । पक्राउ परेका कुशवाहा नेपाली सेनाका भगौडापनि रहेको प्रहरीले जनाएको छ ।

यसअघि क्याम्पस प्रमुख कुशवाहाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले १० जनालाई पक्राउ गरेको थियो । ती मध्ये दुई जना धरौटीमा छुटीसकेका छन् भने ८ जना पुर्पक्षको लागि कारागार चलान भएका थिए । पुर्पक्षको लागि कारागार चलान हुनेमा चन्द्रमणी प्रसाद कुशवाहा, चाँदशी प्रसाद कुशवाहा, सुमेद कुमार कुशवाहा, विनोद राउत कुर्मी, राधेश कुमार पटेल, अबधलाल कुशवाहा, चुल्हाई भन्ने श्रबण कुमार साह, हरिन्दर महरा चमार, ब्रहमदेव राम र मोतीलाल चौधरी रहेका छन् । राधेस कुमार पटेल र विनोद राउत कुर्मी भने अदालतमा धरौटी बुझाएर छुटेका हुन् ।

क्याम्पस प्रमुख कुशवाहाको हत्यामा प्रयोग गरिएका पेस्तोल थान–२,गोली ७ राउण्ड, मोटरसाईकल ४ थान, मोबाईल ४ थान, ल्यापटप २ थान, सिम कार्ड ७ थान प्रहरीले बरामद गरेको थियो ।

Related posts

मधेस विरोधी एमाले र जसपासंग चुनावमा मधेसी जनताले जवाफ माग्नु पर्छ : रमेश रिजाल

MadhesKhabar

वीरगन्जमा आज थप २९ जनामा हैजाको संक्रमण पुष्टि, अस्पतालमा १६१ जना बिरामी भर्ना

MadhesKhabar

सिके राउतकाे शपथ विवादमा, आफ्नै क्षेत्रमा जलाइयाे पुत्ला

MadhesKhabar

Leave a Comment