Madhes Khabar
स्थानिय

पटेर्वा सुगाैली गाँउपालिकाकाे १२ ओैं गाँउ सभा सम्पन्न

वीरगन्ज,३१असार:पर्साकाे पटेर्वा सुगाैली गाँउपालिकाकाे १२ ओैं गाँउसभा सम्पन्न भएकाे छ।साेमबार गाँउपालिकाकाे दाेस्राे कार्यकालकाे चाैथाे अधिवेशन तथा १२ ओैं गाँउसभा सम्पन्न भएकाे हाे।

गाँउपालिका अध्यक्ष दिनेश चाैधरीकाे अध्यक्षतामा सम्पन्न गाँउसभाले आगामी आर्थिक बर्षका लागि ल्याइएको नीति कार्यक्रम तथा बजेट र त्यसमा समावेश याेजना तथा कार्यक्रम हरु सर्वसम्मत पारित गरेकाे छ ।

पटेर्वा सुगाैली गाँउपालिकाले आगामी आर्थिक बर्षका लागि ४७ कराेड ८६ लाख ८५ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेकाे थियाे ।

साेमबार सम्पन्न १घ ओैं गाँउसभामा गाँउपालिका उपाध्यक्ष ममता महत्ताे,प्रमुख प्रशासकीय अधिकृत देवनाथ साह, पाँच वटै वडाका वडाध्यक्ष, गाँउ कार्यपालिका सदस्य , वडा सदस्य लगायतको सहभागिता रहेकाे थियाे ।

 

Related posts

बारामा नम्बरी जग्गाको स्वीकृति लिएर सरकारी जग्गाबाट माटो चोरी गर्दै बिक्री

MadhesKhabar

पर्सामा सशस्त्र प्रहरीले पक्राउ गरेको एक ट्याक्टर धान स्थानीयले लुटे

MadhesKhabar

पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गतकाे राजमार्गमा सवारी साधन रोक्न निषेध

MadhesKhabar

Leave a Comment