Madhes Khabar
स्थानिय

पर्साको दशगजा क्षेत्रमा गाडिएको अवस्थामा भेटियो दुई पुरुषको शव

तस्बिर : कृष्णमोहन साह

वीरगन्ज,२९जेष्ठःभारतसंग सीमा जोडिएको पर्साको जगरनाथपुर गाँउपालिकाको दशगजा क्षेत्रमा गाडिएको अवस्थामा दुई जना पुरुषको शव फेला परेको छ ।

जगरनाथपुर गाउँपालिका वडा नम्बर १ बिसनपुर्वाबाट भारत बिहारको नगरदेही जाने बाटो छेउकोे नेपाल तर्फ पर्ने ओरिया खोलास्थित दशगजा क्षेत्रमै मंगलबार बिहान पहिचान खुल्न नसकेका दुई पुरुषको शव भेटिएको हो ।

दशगजा क्षेत्रमा पर्ने ओरिया खोलामा रहेको ४२१÷५ नम्बरको सीमा पिल्लर नजिकै बालुवामा गाडिएको अवस्थामा अन्दाजी ३५÷४० बर्ष उमेरको जस्तो देखिने दुई पुरुषको शव भेटिएको पर्साका प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए ।
मंगलबार बिहान ७ बजेतिर दशगजा क्षेत्रमा नेपालको सशस्त्र प्रहरी र भारतको एसएसबीको संयुक्त टोलीले गस्ती गर्ने क्रममा गाडिएको अवस्थामा ती दुवै शव भेटिएको हो ।

शव भेटिएको स्थल नेपाल तर्फको भूभाग रहेको भन्दै भारतीले पहिचान भने खुल्न नसकेको बताए । गाडिएको शव निकालेर पोष्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा पठाइएको भारतीले जानकारी दिए । उनले भने,‘ दुवै शवको पहिचान अहिलेसम्म खुल्न सकेको छैन । त्यसका लागि प्रहरीले प्रयास गरिरहेको छ ।’

तस्बिर : कृष्णमोहन साह

 

Related posts

पर्साको एक सरकारी विधालयमा आगजनी, लाखौंको क्षति

MadhesKhabar

पटेर्वा सुगाैली गाँउपालिकाकाे आगामी आर्थिक वर्षकाे बजेट सर्वसम्मतिले पारित

MadhesKhabar

प्रजातन्त्र दिवसमा वीरगन्ज कारागारबाट १० जना कैदी रिहा

MadhesKhabar

Leave a Comment