Madhes Khabar
स्थानिय

वीरगन्जमा इजी इट्सले मनायो तेस्रो वार्षिकोत्सव

वीरगन्ज,२भदौ : वीरगन्जमा इजी इट्स कम्पनीले तेस्रो स्थापना दिवस मनाएको छ । वीरगन्जको होटल मकालुमा कार्यक्रमको आयोजना गरेर स्थापना दिवस मनाएको हो।

कार्यक्रममा कम्पनीमा कार्यरत १५ जना कर्मचारीलाई उपाहार दिएर सम्मानित पनि गरिएको थियो ।कम्पनीका प्रमुख कार्यकारी अधिकृत सिम्रन चौरसियाको अध्यक्षतामा भएको कार्यक्रममा कम्पनीका निर्देशक निरज पटेलले कर्मचारीहरुकै साथ र सहयोगले हेटौडामापनि शाखा खोल्न सफल भएको बताए ।

कार्यक्रमका प्रमुख अतिथि वीरगन्ज युवा समाजका संस्थापक अध्यक्ष कमल चौगाईले नेपालबाट दैनिक हजारौं विदेशिँदै गरेका युवालाई रोक्न इजी इट्सले योगदान दिएको बताए । युवाले थालेको यस्ता कदमलाई समाजले प्रोत्साहन गर्नुपर्ने उनको भनाई थियो ।

बार्षिकोत्सवकै अवसरमा कर्मचारीहरुबीच हाजिरी जवाफ प्रतियोगितापनि आयोजना गरिएको थियो । कार्यक्रममा कम्पनीका आइटी प्रमुख अंकित चौरसिया लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन नन्दिनी कुमारी ठाकुर र समिर अलीले गरेका थिए ।

Related posts

३२ वर्षिया महिलाको मृत्यु भएपछि भवानी अस्पतालमा तनाव

MadhesKhabar

ठोरीमा पूर्वमन्त्री रिजालले गरे सडक र पर्खालको शिलान्यास

MadhesKhabar

पथलैयाबाट तस्करीको डेढ करोडको सामानसहित दुई वटा ट्रक पक्राउ

MadhesKhabar

Leave a Comment