वीरगन्ज,२३चैतः पर्सा क्षेत्र नम्बर ४ का प्रतिनिधी सभा सदस्य रमेश रिजालले शुक्रबार आफनो निर्वाचन क्षेत्रमा दुई वटा योजनाको शिलान्यास गरेका छन् ।
पूर्व उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री समेत रहेका रिजालले शुक्रबार ठोरी गाँउपालिका वडा नम्बर ४ विजयवस्तीमा २५ लाख रुपैयाँको लागतामा निर्माण हुन लागेको ढलान सडकको शिलान्यास गरेका हुन् । यस्तै ठोरी गाँउपालिका वडा नम्बर २ स्थित राइधारामा रहेको गणेशमान सिंह पार्क परिसरमा २५ लाख रुपैयाँको लागतमा निर्माण गर्न लागिएको पर्खालकोपनि शिलान्यास पूर्वमन्त्री रिजालले गरेका हुन् ।
शिलान्यास कार्यक्रममा नेपाली कांग्रेसका मधेस प्रदेश महामन्त्री बृहस्पतिकृष्ण श्रेष्ठ, कांग्रेस पर्साका प्रवक्ता रमेश पाण्डे,जगरनाथपुर गाँउपालिकाका अध्यक्ष श्रीकान्त यादव, नेताहरु सुभाष यादव,प्रेम थापा,जीवन सापकोटा,रामबहादुर श्रेष्ठ,गोमा उपाध्याय,,सन्तोष श्रेष्ठ लगायतका नेता–कार्यकर्ताकोपनि उपस्थिति रहेको थियो।

