Madhes Khabar
स्थानिय हेडलाइन

वीरगन्जमा नाला निर्माणको शिलान्यास गर्दै मन्त्री यादवले भने : अब डुबानको समस्या हट्नेछ

वीरगन्ज,४जेठःवीरगन्ज महानगरपालिकामा जल निकासी सुधार गर्न १ हजार २५६ मिटर लामो नाला निर्माणको शिलान्यास भएको छ। वीरगन्ज महानगरपालिका–१८ सुप्चैना र वडा नं. २१ को परवानीपुर क्षेत्रमा जल निकासी प्रणालीमा सुधार ल्याउने र डुबानको समस्या हटाउने उद्देश्यले १ हजार २५६ मिटर लामो नाला निर्माणको खानेपानीमन्त्री प्रदीप यादवले शिलान्यास गरेका हुन् ।

शिलान्यास गर्दै मन्त्री यादवले नाला र ढल निर्माणले वर्षातको समयमा डुबानको समस्या समाधान हुने र सडकको व्यवस्था सुधार हुने बताए।मन्त्री यादवले ढल र नाला निर्माण सम्पन्न भएपछि त्यस क्षेत्रमा वर्षातको समयमा हुने डुबानको समस्या पूर्णरुपमा समाधान हुने र सवारी आवागमनमा समेत सहजता आउने बताए ।‘नाला तथा ढल निर्माणपछि यो क्षेत्रको जल निकासी प्रणाली सुधार हुन्छ र सडक व्यवस्थित हुने छ,’ उनले भने ।

मन्त्री यादवले स्थानीय पूर्वाधार विकासलाई प्राथमिकता दिँदै नागरिकको दैनिक जीवन सहज बनाउन यस्ता आयोजना निकै महत्वपूर्ण रहेको समेत बताए । उनले विकासको निर्माणमा सबै पक्षको सहयोग र सहकार्य आवश्यक रहेकोमा जोड समेत दिए । ‘खानेपानी तथा ढल निकासको क्षेत्रमा निकै उल्लेख्य कामहरु भएका छन् । नागरिकको दैनिक जीवन सहज बनाउन सरकार पूर्णप्रतिबद्ध छ,’ उनले भने, ‘विकास निर्माणको कार्यमा सबै पक्षको सहकार्य आवश्यक छ ।’

शुद्ध खानेपानी वितरण, नाला तथा ढलान निर्माणजस्ता जनताको प्रत्यक्ष जीवनसँग जोडिएका सेवा सुविधाहरूलाई प्राथमिकतामा राख्दै ती कार्य समयमै सम्पन्न गर्न समेत मन्त्री यादवले सम्बन्धित निकायलाई निर्देशन दिए ।

वीरगन्ज महानगरपालिका–२१ का वडाध्यक्ष राधेकृष्ण साह रौनियारका अनुसार १ करोड ७२ लाख रुपैयाँ लागतमा निर्माण गर्न लागिएको नाला तथा ढल वडा नं १८ सुखचैनादेखि वडा नम्बर २१ परवानीपुरसम्म पुग्ने छ । यो एक हजार २५६ मिटर लामो हुनेछ ।

Related posts

प्रधानमन्त्री बालेन्द्र शाहको मधेस प्रदेशका सान्सदहरुसंग छलफल चलिरह्दा, युवा नेता महादेव कुर्मिले दिए यस्ता सुझाव

MadhesKhabar

वीरगन्जमा जथाभावी पर्चापम्प्लेट टाँस्दै गरेका एक भारतीय पक्राउ

MadhesKhabar

अवैध रूपमा सञ्चालित ग्यालेक्सी स्कुलमा वीरगन्ज महानगरको सिल

MadhesKhabar

Leave a Comment