Madhes Khabar
कृषि हेडलाइन

खडेरीले बारामा अधिकांश किसानले रोप्न पाएनन् चैते धान

फाइल फोटो।

बारा,२१बैशाखःचैतभित्रै किसानले चैतेधान रोपाइँ गरेर सकिसक्नु पर्नेमा लामो समयदेखिको खडेरीले बारा जिल्लाको दक्षिणी भागका किसानहरु प्रभावित भएका छन् । बारामा हालसम्म करिब ६० प्रतिशत मात्र चैते धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र बाराले जनाएको छ ।

कृषि ज्ञान केन्द्र बाराका प्रमुख राजनारायणप्रसाद साहका अनुसार, बारा जिल्लाको उत्तरी क्षेत्रका किसान आफैंले सिँचाइको व्यवस्था गरी यस वर्ष १६ हजार हेक्टरमा हर्दिनाथ–१, चैते–१, चैते–२, चैते–४ जातको धान रोपेका छन् । दक्षिणी क्षेत्रका किसानले भने खडेरीले गर्दा चैते धानको रोपाइँ नै गर्न पाएका छैनन् ।

साहका अनुसार, भदैया, अग्हनी धानको उत्पादकत्वभन्दा चैते धानको उत्पादन बढी हुने भएकाले चैतेधान खेतीतर्फ किसान बढी आकर्षित हुने गरेका छन् । गत वर्ष बारामा किसानले कुल १६ हजार हेक्टर क्षेत्रफलमा चैतेधान खेती गरी प्रतिहेक्टर पाँच मेट्रिक टनका दरले उत्पादन गरेका थिए ।

बारा, पर्सा लगायत मधेसका जिल्लामा लामोसमयदेखि बर्षा भएको छैन । खडेरीका कारण खेतमा रोपाई गरिसकिएका चैते धानका बोटपनि सिंचाइको अभावले सुक्न थालेको किसानहरुले बताएका छन् । गण्डक नहरमापनि अहिलेसम्म पानी नआएका कारण रोपाई गरिएका धानमा सिंचाइ गर्न नपाएको उनिहरुले बताएका छन् ।

Related posts

दाइजोमुक्त विवाहको सन्देश निमन्त्रणापत्रमै राख्न उपसभामुख ठाकुरको आग्रह

MadhesKhabar

वीरगन्जको रक्त सञ्चार केन्द्रमा रगतकाे अभाव भएपछि ३९ जनाले गरे रगत दान

MadhesKhabar

विपक्षीलाई लक्षित गर्दै मेयर सिंहले भने : अभि तो सिरिफ चौका मारा है ,छक्का मारना तो बाँकी हैं

MadhesKhabar

Leave a Comment