Madhes Khabar
स्वास्थ्य हेडलाइन

पर्साको पोखरिया अस्पतालमा अनिश्चितकालीन धर्ना सुरु

वीरगन्ज,१३ असोज :पर्साको पोखरियामा रहेको पोखरिया अस्पतालको स्तरोन्नत्तीका साथै सरकारी कार्यालयको सेवा विस्तारको माग गर्दै राष्ट्रिय मुक्ति क्रान्ति नेपालले आइतबारदेखि पोखरिया अस्पतालमा धर्ना दिएको छ ।राष्ट्रिय मुक्ति क्रान्ति नेपालका केन्द्रिय सदस्य निजामुदिन समानीको नेतृत्वमा पार्टीका नेता कार्यकर्ताहरुले आइतबारदेखि अनिश्चितकालीन धर्ना सुरु गरेका हुन् ।

प्रदेश सरकारले ५ वर्षअघि नै निर्णय गरि प्रादेशीक अस्पताल घोषणा गरिसकेको पोखरिया अस्पतालमा त्यसअनुसारको भौतिक पूर्वाधार र सेवा उपलब्ध नभएपछि त्यसैको माग गर्दै आँफुहरुले अनिश्चितकालीन धर्ना सुरु गरेको केन्द्रिय सदस्य समानीले बताए ।यसका साथै पोखरियामा भूमीसुधार,मालपोत, नापी लगायतका सरकारी कार्यालयको सेवा विस्तार गर्नुपर्ने मागपनि आफुहरुको रहेको उनले बताए ।

साथै पोखरिया नगरपालिकाको कार्यालयमा प्रमुख प्रशासकीय अधिकृत लगायतका कर्मचारी र जनप्रतिनिधीहरुले गरिरहेको अनियमितता रोकिनुपर्ने मागपनि राखेर आँफुहरु धर्नामा बसेको समानीले बताए ।

आँफुहरुको माग बारेमा स्थानीय सरकार,प्रदेश सरकार र संघ सरकारलार्ई पटक पटक ध्यानाकर्षण गराउँदापनि कुनै सुनुवाई नगरिएपछि बाध्यभएर धर्नामा बस्नु परेको भन्दै समानीले भने,‘जबसम्म हाम्रा माग तीनै तहको ससरकारले सम्बोधन गदैनन् तबसम्म यो धर्ना जारी रहन्छ ।’

आँफुहरुको आन्दोलन तीनै तहको सरकारका विरुद्ध रहेको अर्का केन्द्रिय सदस्य राजेश साहले बताए। उनले भने,‘प्रदेश सरकारले पोखरिया अस्पताललाई ५ वर्ष पहिले नै प्रादेशीक अस्पतालका रुपमा स्तरोन्नत्री गर्ने निर्णय गरिदियो । तर अस्पतालमा त्यसअनुरुपको भौतिक पूर्वाधार छ । न जनशक्ति नै छ । एउटा सिटामेलका लाागि बिरामीहरु निजी क्लीनिकमा जानुपर्ने बाध्यता छ ।’

पोखरियालाई पर्सा जिल्लाको दोश्रो सदरमुकाम भनिएपनि यहाँ नगरपालिकाको कार्यालय बाहेक अन्य सरकारी कार्यालय एउटापनि नभएको उनले बताए । नगरपालिकालेपनि नागरिकलाई सेवासुविधा दिनुभन्दा अनेक बहानामा करको भारी थोपर्दै आएको गुनासो उनले गरे।

धर्ना कार्यक्रममा केन्द्रि सदस्य समानी र साहसंगै अर्का केन्द्रिय सदस्य गगनदेव कुर्मी , जहिर आलमका साथै पार्टीका नेता कार्यकर्ताहरु सहभहागी छन् ।

 

 

Related posts

नेपालमा एकैदिन थप १०३ जनामा कोरोना पुष्टि

MadhesKhabar

पर्साका १० वटा पालिकामा छैन ‘सुरक्षित गर्भपतन सेवा दिने स्वास्थ्य संस्था’

MadhesKhabar

राष्ट्रपति निर्वाचनमा नयाँ गठबन्धन बन्छ : अजय चौरसिया

MadhesKhabar

Leave a Comment