Madhes Khabar
मधेस प्रदेश हेडलाइन

मधेस प्रदेशकाे मुख्यमन्त्रीमा एमालेकाे दाबी

काठमाडौं,२७फाल्गुन:नेकपा एमालेले मधेस प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेको छ। रौतहटको चन्द्रनिगाहपुरमा आइतबार बसेको एमाले मधेस प्रदेश कमिटीको बैठकले मधेस सरकारकाे मुख्यमन्त्रीमा आफ्नो दाबी पेस गर्ने निर्णय गरेको हो।

मधेश प्रदेश सभामा‌‌ एमाले सबैभन्दा ठूलो दल भ‌एकाले स्वाभाविक रुपमा मधेस सरकारकाे नेतृत्व आफ्नो दलले पाउनुपर्ने निर्णय गरेको एमाले मधेस प्रदेशका सचिव मनोज पौडेलले जानकारी दिए। मधेस र मधेसी जनताको समृद्धि एमाले नेतृत्वले मात्रै दिन सक्ने भन्दै उनले त्यसका निम्ति एमालेको नेतृत्वमा सरकार बनाउन केन्द्रीय नेतृत्वमा पहल गर्ने बताए।

एमालेका केन्द्रीय सचिव एवं मधेस प्रदेश इन्चार्ज योगेश भट्टराईले नेकपा एमालेले कुनै पनि अवस्थामा मधेस प्रदेशमा आफ्नो दाबी छाड्न नहुने भन्दै यसका लागि आफूले पनि केन्द्रीय नेतृत्वसँग जोडदार पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

भट्टराईले मधेस जनताको जनमत एमाले नेतृत्वको सरकारका लागि भ‌एकाे दाबी गर्दै गठबन्धनमा आबद्ध दलहरूले पनि जनमतको कदर गर्दै निःसर्त एमालेलाई नेतृत्व दिनुपर्ने बताए।साभार:नयाँपत्रिकाबाट

Related posts

वीरगन्जलाई ‘हरित शहर’ बनाउने अभियान निरन्तर : हालसम्म १५ हजार बढी विरुवा रोपियो

MadhesKhabar

क्यान्सर बिरामीका सेवक आकाश अर्यालका लागि ठोरीवासीको इ–रिक्सा सहयोग अभियान

MadhesKhabar

एसईईमा मधेस प्रदेशका आधा भन्दा धेरै विद्यार्थी अनुत्तीर्ण

MadhesKhabar

Leave a Comment