Madhes Khabar
स्थानिय हेडलाइन

गरिमा हत्या घटनाको छानबिन गर्न एसएसपीको नेतृत्वमा विशेष समिति गठन

फाइल तस्बिर ।

बारा,८भदाैं:बाराको सिमरामा तीन वर्षीया बालिका गरिमा चाैरीको बलात्कारपछि भएको हत्या घटना र त्यसमा प्रहरीबाट भएका कमजोरीको छानबिन गर्न समिति गठन भएको छ। मधेस प्रदेश प्रहरी कार्यालयका एसएसपी प्रभु ढकालको अध्यक्षतामा समिति गठन भएको हो ।

समितिमा काठमाडौंबाट समेत अनुसन्धानमा अनुभवी प्रहरी अधिकारी खटाइएको नेपाल प्रहरीका प्रवक्ता एंव डिआइजी अबिनारायण काफ्लेले बताए। जिल्ला प्रहरी परिसर काठमाडौंमा कार्यरत डिएसपी राजु अधिकारीलाई छानबिनमा खटाइएको छ।

उक्त घटनामा प्रहरीको भूमिकामाथि सुरुदेखि नै प्रश्न उठ्दै आएको छ । बालिका बेपत्ता भएपछि खोजीमा चासो नदिएकोदेखि आरोपीको भिडियो सार्वजनिक गरेको विषयले प्रहरी विवादित बनेको छ। साभार:नयाँ पत्रिका

Related posts

अजय चौरसियालाई जिताउन राजेन्द्र बहादुर अमात्य पनि उत्रिए चुनावी प्रचारमा

MadhesKhabar

पर्सामा हैजाविरुद्धको खोप अभियानमा ९० प्रतिशत सफलता

MadhesKhabar

वीरगञ्जको दुई छुट्टा छ्टटै स्थानमा निशुल्क आँखा तथा दंत शिविर आयोजना

MadhesKhabar

Leave a Comment