Madhes Khabar
स्थानिय

पर्सामा ठूलो परिमाणमा चरेस र गाँजा सहित चार जना पक्राउ

मधेसखबर
वीरगन्ज,२६चैत : पर्सामा आइतबार प्रहरीले ठूलो परिमाणमा लागु औषध चरेस र गाजा सहित चार जनालाई पक्राउ गरेको छ ।
पटेर्वा सुगौली गाउँपालिका वडा नंबर ५ देवरीयामा प्रदेशी राउत थारुको घरमा आइतबार साँझ प्रहरीले छापा मारेर चरेस र गाँजा सहित तीन जनालाई पक्राउ गरेको पर्साका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए ।

प्रहरी निरीक्षकद्वय आशुतोष शाही र प्रज्वल थपलियाको नेतृत्वको टोलीले आइतबार साँझ साढे ४ बजे थारुको घरमा छापमा मारेर खान तलाशी गर्दा लुकाएर भण्डारण गरि राखिएको १ सय १८ केजी चरेस र ४ केजी गाँजा बरामद गरेको शाहले बताए । चरेस र गाँजाको कारोबारमा संलग्न घरधनी ६० वर्षिय थारु , मकवानपुरको मकवानपुर रक्सीराङ गाँउपालिका वडा नंबर ८ का ३८ वर्षिय रमेश मोक्तान र मकवानपुरकै मनहरी गाँउपालिका वडा नंबर ६ का २५ वर्षिय रोशन मोक्तानलाई पक्राउ पनि गरिएको शाहले जानकारी दिए ।

यस्तै आइतबार नै दिउँसो पर्साको ठोरी गाँउपालिका वडा नंबर २ हनुमानगरबाट पनि गाँजा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको लोथरका ५७ वर्षिय रामबहादुर तमाङ रहेका छतन् । उनलाई लागु औषध गाजाँ ६१ केजी सहित पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरिले जानकारी दिए ।

गिरिका अनुसार , ईलाका प्रहरी कार्यालय ठोरीबाट प्रहरी निरीक्षक शंकर श्रेष्ठको नेतृत्वमा खटिएको प्रहरी टोलीले ठोरीको ढडु खोलाको बाटो हुदै पैदल भारत तर्फ जादै गरेका तमाङलाई प्रहरीले रोकेर चेकजाँच गरेको थियो । त्यसक्रममा तमाङले बोकेको सेतो रङको बोराबाट ६१ केजी गाँजा बरामद भएको गिरिले बताए ।

लागु औषध चरेस र गाँजा सहित पक्राउ परेका चारै जनालाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक गिरिले जानकारी दिए ।

Related posts

बालविवाह, दाइजो जस्ता कुप्रथा पूर्ण रुपमा हटाउन यादव जातिपनि लाग्नुपर्छ : अध्यक्ष यशवन्त यादव

MadhesKhabar

सबैठवा र जगरनाथपुरमा अतिक्रमित संरचनामाथि चल्यो महानगरको डोजर

MadhesKhabar

वीरगन्जको बसपार्कमा प्रहरीको अप्रेशन :यात्रुहरुलाई हैरान पार्ने र ठग्ने १८ बिचौलिया पक्राउ

MadhesKhabar

Leave a Comment