
क्रान्ति शाह
वीरगन्ज, १४ बैशाख : वीरगन्जको भवानी अस्पतालमा उपचारका क्रममा एक महिलाको मृत्यु भएपछि मृतक महिलाका परिवारजन र आफन्तले विवाद गर्दा तनाव भएको छ ।
भवानी अस्पतालमा ५ दिन देखि उपचाररत बाराको विश्रामपुर २ का जंग बहादुर पण्डितकी पत्नि ३२ वर्षिया सीमा देवीको उपचारका क्रममा मङगलवार राति ११ बजे मृत्यु भएको हो ।
मृतक महिलाका आफन्त र परिवारजनले भने उपचारमा डाक्टरहरुले लापरवाही गरेका कारण महिलाको मृत्यु भएको आरोप लगाएका छन् ।
उनिहरुले अस्पताल अगाडि होहल्ला गर्दै प्रदर्शन गरेका कारण त्यहा तनाव भएको हो ।
उपचारमा संलग्न डाक्टरलाइ कार्वाही हुनु पर्ने , मृतक महिलाका परिवारलाइ अस्पतालले क्षतिपुर्ति उपलब्ध गराउनु पर्ने उनिहरुको माग छ ।
मृतक महिलाको शव , परिवारजनले बुझन नमानेका कारण अस्पतालमै रहेको छ ।
पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक ओम प्रकाश खनालले भने अस्पतालमा ५ दिन देखि उपचाररत सीमा देवीको मङगलवार राति ११ बजे ब्रेन ह्याम्ब्रेजका कारण मृत्यु भएको डाक्टरले बताएको जानकारी दिए ।
महिलाको मृत्यु भएपछि परिवारजनले के कति कारणले मृत्यु भएको हो त्यसको जवाफ डाक्टरले दिनु पर्ने भन्दै होहल्ला गरेको खनालले बताए ।
अस्पतालमा तनाव भएपछि पुगेको प्रहरीले परिवारजनलाइ सम्झाइ बु्झाइ गरेपछि दिउसो १ बजे अस्पताल प्रशासनसंग छलफल गर्ने भन्दै शव अस्पतालमै छाडेर गएको खनालले जानकारी दिए ।

