Madhes Khabar
स्थानिय

अनेरास्ववियु पर्साको अध्यक्षमा रेयाज अन्सारी चयन

मधेसखबर
वीरगन्ज ,२५ भदौ : नेकपा एमाले निकटको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु ) पर्साको अध्यक्षमा रेयाज अन्सारी चयन भएका छन् ।

वीरगन्जमा शनिबार सम्पन्न अनेरास्ववियु पर्साको १६ औं जिल्ला अधिवेशनले अन्सारीको अध्यक्षतामा २१ सदस्यीय नयाँ जिल्ला कमिटी चयन गरेको हो । नवगठित कमिटीको उपाध्यक्षमा अजित साह , सचिवमा पवन यादव , सहसचिवमा सोनी सरार्फ ,पुकार सुवेदी , रामकुमार पटेल र कोषाध्यक्षमा जयन्ती चौधरी चयन भएका छन् ।

रेयाज अन्सारीको अध्यक्षतामा भएको कार्यक्रममा अनेरास्ववियुका केन्द्रिय उपाध्यक्ष उमेश आचार्य ,स्थायी कमिटी सदस्य त्रिलोक सिंह ठकुरी , मधेस प्रदेश संयोजक अन्जना सिवाकोटी , केन्द्रिय सदस्य मेराजुल हवारी , नेकपा एमाले पर्साका इन्चार्ज प्रभु हाजरा , एमाले नेता एवं वीरगन्ज महानगरपालिकाका पुर्व मेयर वीजय सरावगी , मधेस प्रदेश सदस्य शम्भु गुप्ता , वीरगन्ज महानगरपालिकाका सचीव सुन्दर कुर्मी ,एमालेका युवा नेता रामकिशोर सिंह (पराग ) जिल्ला सदस्यहरु शिवजी गुप्ता , ओमप्रकाश गुप्ता ,अकलेश साह , नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का , नेकपा खेलकुद महासंघक सचिव सन्दीप बस्नेत , विद्यार्थी नेता आसिफ अहमद , जेयाद अन्सारी , सुजित मण्डल , भक्ती अग्रवाल लगायतका नेताहरु सहभागी थिए ।

Related posts

सिम्रौनगढका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

MadhesKhabar

२० वर्षपछि वीरगन्जका ठूला नाला सफाई हुँदै

MadhesKhabar

वीरगन्ज जेलमा रहेका बलात्कारीलाई छुटाइदिने भन्दै १७ लाख असुल्ने एक युवक बारामा पक्राउ

MadhesKhabar

Leave a Comment