Madhes Khabar
स्थानिय

बिन्दवासनी गांउपालिकाले पत्रकार महासंघ पर्सालाई दियो १ लाख

वीरगन्ज, १४ जेष्ठ : पर्साको बिन्दवासनी गाउँपालिकाले नेपाल पत्रकार महासंघ पर्सा शाखाको भवन निर्माणका लागि एक लाख रुपैयाँ सहयोग गरेको छ ।

आईतवार बिन्दवासनी गाउँपालिकाका अध्यक्ष प्रमोद तिवारीले पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष अनुप तिवारीलाई एक लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।त्यसअवसरमा बिन्दवासनी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजु साह,नेपाल पत्रकार महासंघका कोषाध्यक्ष संजिव मिश्राको पनि उपस्थिति रहेको रहेको थियो ।

पत्रकार महासंघ पर्सााका अध्यक्ष तिवारीलाई चेक हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष तिवारीले संचारकर्मीहरूको साझा संस्थाको पुर्वाधार विकासमा आफु सदैव सकारात्मक रहेको बताए ।पत्रकार महासंघले पत्रकारहरूको संरक्षण ,दक्षता विकास र संस्थाको भौतिक पूर्वाधारमा राम्रो काम गरेकोमा खुशी व्यक्त गर्दै गाँउपालिका अध्यक्ष तिवारीले आउदो बजेटमा पनि पत्रकार महासंघका लागि बजेट विनियाोजन गर्ने बताए ।

वीरगन्जस्थित नेपाल पत्रकार महासंघ पर्साको भवनमा हाल तेश्रो तल्ला निर्माण भइरहेको छ । यस्तै भवनकाो भुईं तल्लामा पुस्तकालय,आधुनिक प्रविधियुक्त डेस्क तथा राउन्ड टेबलसहितको मिटिंग हलको पनि निर्माण भईरहेको शाखा अध्यक्ष तिवारीले जानकारी गराए ।

Related posts

छिपहरमाई गाँउपालिकामा अख्तियारकाे छापा

MadhesKhabar

वीरगन्जमा १ कराेड भन्दा बढीकाे सामानसहितकाे ट्रक प्रहरी नियन्त्रणमा

MadhesKhabar

सिर्सिया नदि प्रदुषण गर्ने उद्योगहरुलाई अब सिधै कारबाही गर्ने वीरगन्ज महानगरको निर्णय

MadhesKhabar

Leave a Comment