Madhes Khabar
स्थानिय

वीरगन्जमा १ कराेड भन्दा बढीकाे सामानसहितकाे ट्रक प्रहरी नियन्त्रणमा

वीरगन्ज,११माघ:वीरगन्जबाट बिलविजकमा उल्लेख गरिएको भन्दा बढी लत्ताकपडा तथा हार्डवेयरका सामान बोकेको ट्रक नियन्त्रणमा लिएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डक चेकबाट चेकजाँचको क्रममा प्रहरीले ना.६ख ८३०५ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएको हो ।

राजस्व छलेर वीरगन्जबाट काठमाडाैंतर्फ जाँदै गरेको उक्त ट्रकलाई चेकजाँच गर्दा विल शंकास्पद देखिएपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए ।

ट्रकबाट प्रहरीले अनुमानित १ करोड १३ लाख १८ हजार ८९० रुपैयाँ बराबरको सामग्री बरामद गरेकाे उनले बताए । बरामद सामग्रीलाई ट्रकसहित राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको थापाले बताए ।

Related posts

सिर्सिया नदी प्रदुषित गर्ने उद्योगको लापरवाहीले एक बालकको मृत्यु,उद्योग अगाडि शव राखेर प्रदर्शन

MadhesKhabar

मेयर सिंहको सहजिकरणमा वीरगन्जका चार स्थानमा नयाँ ट्रान्सफर्मर जडानको काम सुरु

MadhesKhabar

पर्सामा ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनबाट १ करोड ५० लाख बढी राजश्व संकलन

MadhesKhabar

Leave a Comment