Madhes Khabar
स्थानिय

मेयर सिंहको सहजिकरणमा वीरगन्जका चार स्थानमा नयाँ ट्रान्सफर्मर जडानको काम सुरु

वीरगन्ज, २५ जेष्ठ : वीरगन्जका विभिन्न स्थानमा नेपाल विद्युत प्राधिकरणले ट्रान्सफर्मर जडान गर्ने क्रममा स्थानीयबाट अवरोध हुनथालेपछि बिहीबार महानगरका मेयर राजेशमान सिंहले आफै ती स्थानमा पुगेर सहजीकरण गरेका छन् ।

वीरगन्ज र यसआसपासका क्षेत्रमा अहिलेको प्रचण्ड गर्मीका बेला विद्युत आपुर्तिमा समस्या भई छिन् छिन् मा लाइन कट्ने गरेको समस्या समाधानका लागि विद्युत प्राधिकरण वीरगन्ज वितरण केन्द्रले थप २० स्थानमा नयाँ ट्रान्सफर्मर जडान गरिरहेको छ । तर केहि स्थानमा स्थानीयवासीले ट्रान्सफर्मर राख्न नदिने भन्दै असहयोग र अवरोध गरेको गुनासो आएपछि बिहीबार मेयर सिंहले आफै चार स्थानमा पुगेर स्थानीयलाई सम्झाई बुझाइ गरेर नयाँ ट्रान्सफर्मर जडानको काम सुरु गराएका हुन् ।

बिहीबार वीरगन्ज महानगरपालिका वडा नम्बर १० अशोकवाटीका , वडा नम्बर ११ रानीघाटस्थित पुल वारि , वडा नम्बर २४ रामगढवास्थित बसपार्क र वडा नम्बर ४ गणेशमान चोकमा मेयर सिंहको सहजिकरणमा विद्युत प्राधिकरणले नयाँ ट्रान्सर्फमर जडान गर्ने काम सुरु गरेको मेयर सिंहका प्रेस सल्लाहकार महेश दासले जानकारी दिए ।

त्यसअवसरमा मेयर सिंहसंगै विद्युत प्राधिकरण वीरगन्ज वितरण केन्द्रका प्रमुख अवधेश कुमार दुबे, मेयर सिंहका प्राविधिक सल्लाहकार प्रकाश अमात्य ,प्रेस सल्लाहकार दासका साथै वडाका जनप्रतिनिधिहरुको पनि उपस्थिती रहेको थियो ।

 

Related posts

वीरगन्जमा जथाभावी फोहर फाल्ने ३८९ जनालाई कारबाही गरि ९ लाख जरिवाना असुल

MadhesKhabar

रानीघाटको चार वटा गोदममा प्रहरीको छापा

MadhesKhabar

सामाजिक र धार्मिक सदभाव कायम राख्न चौतर्फी अपिलपछि सामान्य बन्दै वीरगन्जको अवस्था

MadhesKhabar

Leave a Comment