Madhes Khabar
स्थानिय

रानीघाटको चार वटा गोदममा प्रहरीको छापा

मधेसखबर
वीरगन्ज,२९ मंसिर : वीरगन्जको रानीघाटमा रहेका व्यपारीको गोदममा प्रहरीले छापा मारेर ठूलो परिमाणमा तस्करीका सामान बरामद गरेको छ ।वीरगन्ज ११ रानीघाटमा रहेका चार वटा गोदममा प्रहरीले बिहीबार साँझ छापा मारेर अवैध रुपमा भण्डारण गरि राखिएका चामल, चिनी , जिरा , भूजा लगायतका खाद्यान्न ठूलो परिमाणमा बरामद गरेको हो ।

भारतबाट राजश्व छलेर भित्र्याइएको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले अहिले पनि गोदममा छापामारी जारी राखेको छ । जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय विर्ताकाा साथै सशस्त्र प्रहरीको संयुक्त टोलीले गोदाममा छापा मारेर भण्डारण गरि राखिएका तस्करीका खाद्यान्नहरु नियन्त्रणमा लिने काम अहिले पनि जारी राखेको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विशाल मल्लले जानकारी दिए ।

गोदममा रहेका सबै सामानहरु नियन्त्रणमा लिएर प्रहरी कार्यालयमा लगेर राखिने र त्यस पछि आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा पठाइने उनले बताए । गोदामका सन्चालकहरु भने फरार भएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

Related posts

वीरगन्जको मालपोत कार्यालयबाट लेखापढी व्यवसायी कलवार पक्राउ

MadhesKhabar

घण्टाघरमा साैन्दर्यकरणका लागि जडान गरिएको बत्ती फेरि तोडफोड

MadhesKhabar

बाराको मालपोत कार्यालयमा प्रशासनको छड्के अनुगमन,मालपोत अधिकृतसहित १७ कर्मचारी गयल

MadhesKhabar

Leave a Comment