Madhes Khabar
स्थानिय

पर्साको ग्रामीण भेगबाट विद्युत चोरेर प्रयोग गर्ने १२ जना पक्राउ

वीरगन्ज,६ भदौं : पर्साको ग्रामीण भेगका विभिन्न गाँउमा विद्युत चोरी गरेर प्रयोग गर्ने १२ जना पक्राउ परेका छन् ।नेपाल विद्युत प्राधिकरण पोखरिया वितरण केन्द्रको चुहावट नियन्त्रण टोलीले प्रहरीको सहयोगमा विभिन्न गाँउबाट १२ जनाालाई नियन्त्रणमा लिएको हो ।

विद्युतको पोलमा सिधै तार हुकिङ गरेर विद्युत प्रयोग गर्ने १२ जनालाई मंगलबारराति नियन्त्रणमा लिइएको विद्युत प्राधिकरण पोखरिया वितरण केन्द्रले जनाएको छ । साथै एउटा स्टेब्लाइजरपनि बरामद गरिएको केन्द्रले जनाएको छ ।

ठोरी गाँउपालिकाका विभिन्न वडाबाट ११ जना र बहुदरमाई नगरपालिकाबाट १ जना लाई नियन्त्रणमा लिएको चुहावट नियन्त्रण टोलीका इन्चार्ज सदाम हुसेनले जानकारी गराए । उनिहरुलाई आवश्यक कारबाहीका लागि बुधबार बिहान ईलाका प्रहरी कार्यालय पोखरियामा बुझाइएको उनले बताए ।

Related posts

उद्योग मन्त्री रिजाल सहभागी वृक्षारोपण कार्यक्रममा रोपियो ६ हजार बिरुवा

MadhesKhabar

पोखरियामा सुरक्षा निकायका प्रमुख र जनप्रतिनिधी बिच अन्तरकृया सम्पन्न

MadhesKhabar

वीरगन्जलाइ हरित शहर बनाउन वृक्षारोपण अभियान शुरु

MadhesKhabar

Leave a Comment