Madhes Khabar
स्थानिय

पोखरियामा सुरक्षा निकायका प्रमुख र जनप्रतिनिधी बिच अन्तरकृया सम्पन्न

वीरगन्ज,२९फागुन : पर्साको पोखरिया नगरपालिकामा जिल्लाका सुरक्षा निकाय प्रमुख र नगरपालिकाका जनप्रतिनिधीहरु बिच सोमबार अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।

नगरपालिकाको सभाकक्षमा आयोजित कार्यक्रममा पोखरियामा जिल्ला प्रशासन कार्यालय , मालपोत र नापी कार्यालयको शाखा स्थापना तथा पोखरिया देखि वीरगन्ज सम्म सार्वजनिक यातायातको भाडा दर निर्धारण लगायतका विषयमा छलफल भएको छ ।

पोखरिया नगरपालिकाका मेयर प्रधुमन प्रसाद चौहानको अध्यक्षता तथा पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पर्साका प्रहरी उपरिक्षक कोमल शाह, सशस्त्र प्रहरी उपरिक्षक सुमन थपलिया , राष्ट्रिय अनुसन्धान विभागका हेमन्त चौधरी , उपमेयर रूबी कुमारी ठाकुर , पूर्व मेयर दीपनारायण रौनियार ,राजनीतिक दलका नेताहरु निजामोदिन समानी ,शंकर प्रसाद यादव ,बिन्ध्याचंल ठाकुर, श्रीकिसुन चौहान ,गोवर्धन यादव ,भगवान दास तत्वा, वडा अध्यक्ष प्रमोद गिरी , परमानन्द पटेल , केदार महतो चाई ,राधा बैठा , कौशल कुमार साह लगायतको पनि सहभागिता थियो ।

 

Related posts

महिलाको आयआर्जन बढाउन महिला उद्यम केन्द्र छिट्टै स्थापना गर्ने मेयर सिंहको घोषणा

MadhesKhabar

वीरगन्ज महानगरको न्यायिक समितिद्वारा अभिमुखीकरण कार्यक्रम सम्पन्न

MadhesKhabar

वीरगन्जकाे ड्राइपाेर्ट चाेकमा ट्रकको ठक्करबाट एक बृद्धकाे मृत्यु

MadhesKhabar

Leave a Comment