Madhes Khabar
स्थानिय

पोखरियामा सुरक्षा निकायका प्रमुख र जनप्रतिनिधी बिच अन्तरकृया सम्पन्न

वीरगन्ज,२९फागुन : पर्साको पोखरिया नगरपालिकामा जिल्लाका सुरक्षा निकाय प्रमुख र नगरपालिकाका जनप्रतिनिधीहरु बिच सोमबार अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।

नगरपालिकाको सभाकक्षमा आयोजित कार्यक्रममा पोखरियामा जिल्ला प्रशासन कार्यालय , मालपोत र नापी कार्यालयको शाखा स्थापना तथा पोखरिया देखि वीरगन्ज सम्म सार्वजनिक यातायातको भाडा दर निर्धारण लगायतका विषयमा छलफल भएको छ ।

पोखरिया नगरपालिकाका मेयर प्रधुमन प्रसाद चौहानको अध्यक्षता तथा पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पर्साका प्रहरी उपरिक्षक कोमल शाह, सशस्त्र प्रहरी उपरिक्षक सुमन थपलिया , राष्ट्रिय अनुसन्धान विभागका हेमन्त चौधरी , उपमेयर रूबी कुमारी ठाकुर , पूर्व मेयर दीपनारायण रौनियार ,राजनीतिक दलका नेताहरु निजामोदिन समानी ,शंकर प्रसाद यादव ,बिन्ध्याचंल ठाकुर, श्रीकिसुन चौहान ,गोवर्धन यादव ,भगवान दास तत्वा, वडा अध्यक्ष प्रमोद गिरी , परमानन्द पटेल , केदार महतो चाई ,राधा बैठा , कौशल कुमार साह लगायतको पनि सहभागिता थियो ।

 

Related posts

अनेरास्ववियु पर्साको अध्यक्षमा रेयाज अन्सारी चयन

MadhesKhabar

वीरगन्जको ट्राफिक व्यवस्थापनमा लाग्न ट्राफिक प्रहरीलाइ मेयर सिंहको निर्देशन

MadhesKhabar

पर्सा : आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका पुरुषकाे उपचारका क्रममा मृत्यु

MadhesKhabar

Leave a Comment