Madhes Khabar
स्थानिय

वीरगन्जको ट्राफिक व्यवस्थापनमा लाग्न ट्राफिक प्रहरीलाइ मेयर सिंहको निर्देशन

मधेसखबर
वीरगन्ज,१६जेठः
वीरगन्ज महानगरपालिकाका नववनिर्वाचित मेयर राजेशमान सिंहले वीरगन्ज शहरको ट्राफिक व्यवस्थापनका लागि ट्राफिक प्रहरीलाइ निर्देशन दिएका छन् ।
सोमबार जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख ट्राफिक प्रहरी निरिक्षक ध्रुब दाहाललाइ आफनै कार्यकक्षमा बोलाएर ट्राफिक व्यवस्थापन, पार्किङ, सडक लेन लगायतका समस्याका बारेमा जानकारी लिएपछि ट्राफिक व्यवस्थापनका लागि निर्देशन दिएका हुन् ।
मेयर सिंहले शहरको ट्राफिक व्यवस्थापनमा भइरहेका काम र देखिएका समस्या बारे पनि जानकारी लिएका थिए ।
नवनिर्वाचित मेयर सिंहले महानगरपालिकाले वीरगन्ज शहरको ट्राफिक व्यवस्थापनका लागि छुट्टै पार्किङ क्षेत्र निर्माण गर्ने र अहिले भइरहेको अव्यवस्थित पार्किङलाई कम गर्न आवश्यक सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता पनि जनाए ।
त्यसक्रममा ट्राफिक प्रहरी निरिक्षक दाहालले ट्राफिक व्यवस्थापनका रुट छुट्याएर सवारी आउजाउको व्यवस्था मिलाउने वातावरण महानगरले बनाइदिए अझ सहज हुने भन्दै मेयर सिंहको ध्यानाकर्षण गराएका थिए ।साथै पार्किङको समस्याका कारण सडकमै सवारी पार्किङ गरिँदा साँघुरा सडक झनै साँघुरा भएकाले पनि आउजाउमा कठिनाई आउनुका साथै ट्राफिक व्यवस्थापन चुनौति देखिएको उनको भनाई थियो । यसका लागि छुट्टै पार्किङ क्षेत्र बनाउनु जरुरी रहेको उनले बताए ।

Related posts

रानीघाट पुल नजिककाे सेफ्टी ट्यांकीसहितकाे सडक भासियाे

MadhesKhabar

पर्साको बन्कुल र श्रीपुरबाट ठूलो परिमाणमा सालको काठ बरामद

MadhesKhabar

वीरगन्ज मेनरोड विस्तारको मुद्दामा सर्वोच्च अदालतमा पेसी चढेर भयो सुनुवाई, अब के हुन्छ ?

MadhesKhabar

Leave a Comment