Madhes Khabar
स्थानिय

पर्साको बन्कुल र श्रीपुरबाट ठूलो परिमाणमा सालको काठ बरामद

मधेसखबर
वीरगन्ज, ११ भदौं : पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर २ रङ्गपुर बजार स्थित प्रहरी चौकीले विभिन्न स्थानबाट ठूलो परिमाणमा सालको काठ बरामद गरेको छ ।

सुराकीको अधारमा प्रहरी सहायक निरीक्षक गोपाल प्रसाद यादवको नेतृत्वमा खटिएको प्रहरी टोलीले चार थान सालको गोलीया काठ र एउटा साइकल बरामद गरेको हो ।

सव डिभिजन कार्यलय अन्तर्गत पर्ने बनजङ्गलबाट तस्करहरुले चोरी निकासी गरी ल्याउदै गरेको अवस्थामा पटेर्वासुगौली गाउँपालिका वडा नम्बर २ को बन्कुल टोलबाट तीन थान र सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर २ को श्रीपुर टोलबाट एक थाान गरि करिब २० घनफिट परिमाणको गालीया काठ बरामद गरेको हो ।

बरामद काठ र साइकल प्रहरी चौकी रङ्गपुरमा रादिएको प्रहरी सहायक निरीक्षक यादवले जानकारी दिए ।

Related posts

अन्य ५ महानगर भन्दा वीरगन्ज महानगरको बजेट खर्च गर्ने क्षमता उत्साहजनक

MadhesKhabar

वीरगन्जको लागि विशेष प्याकेज ल्याउन लागिपरेको छु : सांसद यादव

MadhesKhabar

ठोरी र माडीको बस्तीमा हात्ती छिर्न थाल्यो, सावधानी अपनाउन निकुञ्जको आग्रह

MadhesKhabar

Leave a Comment