Madhes Khabar
स्थानिय हेडलाइन

वीरगन्जलाइ हरित शहर बनाउन वृक्षारोपण अभियान शुरु

मधेसखबर
वीरगन्ज, २१ साउन : वीरगन्ज शहरलाइ हरित शहर बनाउने अभियान अन्तर्गत शनिबार देखि महानगरका सार्वजनिक स्थानहरुमा विरुवा रोप्न शुरु गरिएको छ ।

शनिबार बिहान वीरगन्जको नयाँबसपार्क नजिक भानु चोक स्थित सडकको डिभाइडरमा विरुवा रोपेर हरित शहर बनाउने अभियान थालिएको हो ।संघीय सरकारका वन तथा वातावरण मन्त्री प्रदीप यादवले वृक्षारोपण गरेर हरित शहर बनाउने अभियानको थालनी गरेका हुन् ।

अभियानको थालनी गर्दै मन्त्री यादवले वातावरण संरक्षणका लागि रुखविरुवा सहितको हरियाली आवश्यक रहेकाले खाली जग्गा वा स्थानका साथै सडकपेटी र सडकका डिभाइडरमा वृक्षारोपण गर्नु पर्नेमा जोड दिए । वीरगन्जलाइ हरित शहर बनाउनका लागि अभियानकै रुपमा वृक्षारोपण कार्यलाई अघि बढाउन सुझाव दिँदै उनले त्यसका लाग आफ्नो मन्त्रालयले पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

 

र वीरगन्ज महानगरका मेयर राजेशमान सिंहले   शनिबारबाट भानुचोक देखि घण्टाघरसम्मको सडकको डिभाइडर तथा बाइपास सडकको बीचमा रहेको डिभाइडरमा वृक्षारोपण शुरु गरिएको भन्दै बाइपास सडकको गण्डक देखि रजतजयन्ती चोकसम्मकै डिभाइडरमा वृक्षारोपण गरिने जानकारी दिए ।शनिबार देखि शुरु वृक्षारोपण अभियान महानगरका ३२ वटै वडामा लैजाने उनले बताए । उनले रोपिएका विरुवाहरु हुर्काउन र संरक्षण गर्ने दायित्व महानगरवासीको भएको पनि बताए ।

वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेलको अध्यक्षतामा भएको शनिबारको कार्यक्रममा प्रदेशसभा सदस्य जन्नत अन्सारी लगायतको पनि सहभागिता रहेको थियो ।

Related posts

वीरगन्जलाई हरित शहर बनाउने अभियान अन्तर्गत चार सय वटा बिरुवा राेपियाे

MadhesKhabar

वीरगन्जमा तिब्र गतिमा चलाइएका दुई मोटरसाइकल आपसमा ठोक्किदा एक युवकको मृत्यु

MadhesKhabar

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को चुनावी घोषणापत्र सार्वजनिक

MadhesKhabar

Leave a Comment