Madhes Khabar
स्थानिय

उद्योग मन्त्री रिजाल सहभागी वृक्षारोपण कार्यक्रममा रोपियो ६ हजार बिरुवा

वीरगन्ज, १३ साउन : पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुर सोहरीमा शनिबार विभिन्न प्रजातिका ६ हजार वटा बिरुवा रोपिएको छ ।संघीय सरकारका उद्योग वाणिाज्य तथा आपुर्ति मन्त्री रमेश रिजालकाको प्रमुख आथ्यितामा आयोजित वृक्षारोपण कार्यक्रममा सगुवान,शिरीष, सपेता, कदम, निम,बेल,पिपल, बर आँप,जामुन,अमला, जडीबुटी लागायतका प्रजातिका ६ हजार बिरुवा रोपिएको हो ।

जगारनाथपुर गाउँपालिकाको वन तथा वातावरण शाखाको सहयोगमा गठित सुहपुर सोहरी हरियाली वन व्यवस्थापन समुहले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा ती विरुवाहरु रोपिएको नेपाली कांग्रेसका क्षेत्रीय सचिव बलिष्टर अहमदले जानकारी दिए ।

सुहपुर सोहरी हरियाली वन व्यवस्थापन समुहका अध्यक्ष ब्रजेश प्रसाद यादवको अध्यक्षतामा भएको वृक्षारोपण कार्यक्रममा प्रदेश सभा सदस्य शंकर चौधरी , कांग्रेस नेता बशिष्ठ नारायण कुर्मी , गाँउपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादव ,वडा अध्यक्ष प्रभुनाथ नुनिया, बिहारी महतो,लक्ष्मी साह ,सुभाष यादव ,वडा सदस्य लगायतकोपनि सहभागीता थियो ।

Related posts

एन्जल बसका चालक स्व. महतोका दुई छोराको १२ कक्षासम्म निःशुल्क पढ्ने व्यवस्था मेयर सिंहले मिलाए

MadhesKhabar

सिर्सिया सुक्खा बन्दरगाहको जग्गा अधिग्रहण प्रक्रिया अझै टुंगिएन

MadhesKhabar

ठाेरी हुलाकी सडककाे विभिन्न स्थानमा सिसिटिभी क्यामरा जडान

MadhesKhabar

Leave a Comment