Madhes Khabar
स्थानिय

उद्योग मन्त्री रिजाल सहभागी वृक्षारोपण कार्यक्रममा रोपियो ६ हजार बिरुवा

वीरगन्ज, १३ साउन : पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुर सोहरीमा शनिबार विभिन्न प्रजातिका ६ हजार वटा बिरुवा रोपिएको छ ।संघीय सरकारका उद्योग वाणिाज्य तथा आपुर्ति मन्त्री रमेश रिजालकाको प्रमुख आथ्यितामा आयोजित वृक्षारोपण कार्यक्रममा सगुवान,शिरीष, सपेता, कदम, निम,बेल,पिपल, बर आँप,जामुन,अमला, जडीबुटी लागायतका प्रजातिका ६ हजार बिरुवा रोपिएको हो ।

जगारनाथपुर गाउँपालिकाको वन तथा वातावरण शाखाको सहयोगमा गठित सुहपुर सोहरी हरियाली वन व्यवस्थापन समुहले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा ती विरुवाहरु रोपिएको नेपाली कांग्रेसका क्षेत्रीय सचिव बलिष्टर अहमदले जानकारी दिए ।

सुहपुर सोहरी हरियाली वन व्यवस्थापन समुहका अध्यक्ष ब्रजेश प्रसाद यादवको अध्यक्षतामा भएको वृक्षारोपण कार्यक्रममा प्रदेश सभा सदस्य शंकर चौधरी , कांग्रेस नेता बशिष्ठ नारायण कुर्मी , गाँउपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादव ,वडा अध्यक्ष प्रभुनाथ नुनिया, बिहारी महतो,लक्ष्मी साह ,सुभाष यादव ,वडा सदस्य लगायतकोपनि सहभागीता थियो ।

Related posts

औषधि उत्पादक संघले वीरगन्ज महानगरलाई दियो १० थान कम्प्युटर र ४ थान प्रिन्टर

MadhesKhabar

बेल्वामा व्यक्तिले कब्जा गरेको २ बिघा सार्वजनिक जग्गा वीरगन्ज महानगरले ल्यायो आफ्नो अधिनमा

MadhesKhabar

वीरगन्जकाे शिक्षा र कृषि क्षेत्रमा लगानी गर्न टर्की इच्छुक

MadhesKhabar

Leave a Comment