Madhes Khabar
काेशी प्रदेश हेडलाइन

रामेछापमा बस दुर्घटना : १२ जनाको मृत्यु, ८ जना घाइते

रामेछाप,२७माघःरामेछाप जिल्लाको सदरमुकाम मन्थली नजिक मंगलबार बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ ।दुर्घटनामा बसका चालकसहित ८ जना घाइते भएका मन्थली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा केशवसिंह धामीले जानकारी दिए ।

काठमाडौंबाट ओखलढुङ्गा जाँदै गरेको अरनिको यातायातको प्रदेश ०३–०१–००५ ख ९९७५ नम्बरको बस रामेछाप मन्थली नगरपालिका–६ मसानटारस्थित सडकबाट करिब एक सय मिटर तल तामाकोशी नदीमा खसेको हो ।

रामेछापका प्रहरी नायव उपरीक्षक भोला भट्टले घाइतेहरुको खुर्कोटस्थित शुभ जीवन अस्पताल, मन्थली अस्पताल र तामाकोशी अस्पतालमा उपचार भइरहेको छ ।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको उनले बताए । बसका बाँकी यात्रुको अझै खोजतलाश जारी रहेको प्रहरीले जनाएको छ । रासस

Related posts

वीरगन्जमा १५ लाखकाे प्रतिबन्धित भारतीय आयुर्वेदिक औषधिसहित एक जना पक्राउ 

MadhesKhabar

सुहाउँदो जोडी खोज्ने अभियान सहित वीरगंजमा खुल्यो हाम्रो विवाह डट कम

MadhesKhabar

सिम्रौनगढमा हावाहुरी र असिनापानीले नष्ट पारेको बालीको क्षतिपुर्ती नपाएपछि किसानहरु आन्दोलित

MadhesKhabar

Leave a Comment