Madhes Khabar
हेडलाइन

ईभेन्ट परियोजना तालिम मार्फत १० वर्षमा हजारौ महिला तथा युवाहरु लाभान्वित

मधेसखबर
पुष १८ गते , वीरगंज :तालिम तथा रोजगार प्रादायक संस्था प्रशिक्षक तथा सहायक प्रशिक्षक तालिम प्राप्त सहभागी एव् अन्य सरोकारवालासंगको एकदिने अन्तरक्रिया कार्यक्रम वीरगंजमा सम्पन्न भएको छ ।
क्रिएटिभ स्किल्स प्रालिको व्यवस्थापन सहयोगमा व्यवसायीक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना दोश्रोले आयोजना गरेको कार्यक्रममा सिटिईभिटीद्वारा मान्यता प्राप्त ईभेन्ट परियोजना अन्तर्गत विभिन्न तालिम प्राप्त गरी स्वरोजगार बनेका प्रशिक्षकहरुको उपस्थिती रहेको थियो । ईभेन्ट परियोजना संचालन भएको १०वर्ष पुरा भएको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा आगामी दिनमा परियोजना संचालन गर्नुपर्दा हुनुपर्ने सुधार , राम्रो पक्ष हालसम्म गरीएका तालिम तथा कार्यहरुको सफलता प्रगतिबारे पनि विस्तृत रुपमा छलफल गरीएको थियो ।
कार्यक्रम ईभेन्ट परियोजना अन्तगर्त तालिम लिई स्वरोजगार बनेका तथा आफ्नै व्यवसाय संचालन गरीरहेका प्रशिक्षक तथा सहायक प्रशिक्षकहरुले आफुले गर्ने स्वरोजगारबारे अनुभव  साटासाटका साथै जानकारी समेत दिएका थिए ।
विगत १० वर्षदेखी नेपाल सरकारद्वारा संचालित सिटिईभिटीबाट मान्यता प्राप्त ईभेन्ट परियोजना अन्तर्गत प्लम्बर , व्युटिसियन , सिलाईकटाई , होटेल म्यानेजमेन्ट , वेटर , ईलेक्ट्रिसियन , वेल्डिंग लगायतका तालिम संचालन गरी बेरोजगारलाई रोजगार , गृहणीलाई आत्मनिर्भर र सिपमुलक तालिम दिई सम्बन्धित काममा दक्ष बनाउने कार्य गरीदै आएको परियोजनाका शाखा प्रमुख उद्धवराज कट्टेलले बताए ।

कोही पनि युवाहरु विदेश जानुपुर्व छोटो अवधीको भएपनि तालिम लिएर जाँदा विभिन्न अप्रिय घटना तथा कठिनाईबाट जोगिन सकिने हुँदा त्यस्ता विभिन्न किसिमका तालिम संचालन गर्दै आएको उनले बताए ।
हाल ईभेन्ट परियोजना अन्तर्गत तालिम लिएका अधिकाशं महिलाहरु स्वरोजगार भएका तथा अधिकाशंले आफ्नै व्यवसाय संचालन गरी आर्थिक आम्दानी गर्नुका साथै अरुलाई समेत रोजगारी दिन सफल भएका छन् ।
नेपाल सरकारले देशमा रोजगार नभएका , आर्थिक अवस्था कमजोर भएका ,विचमै अध्ययन छोड्नुपरेको ,एकल महिला , समुदायमा पिछडीएका समुदायका मानिसहरुका जिवन उकास्ने उद्देश्यले ईभेन्ट परियोजना अन्तर्गत विभिन्न संघसंस्था मार्फत तालिम संचालन गर्दै आएको तथा फलस्वरुप हाल तराई मधेशका महिलाहरु पनि रोजगार तथा स्वरोजगार भएका छन् । यसकासाथै करीब १५ हजार युवाहरुलाई तालिम प्रदान गरीएको ईभेन्ट परियोजना शाखा कार्यालयले जनाएको छ ।

पर्सामा क्रिएटिभ स्किल्स प्रालि , कुशल व्यवसाय परामर्श तथा तालिम केन्द्र , साना व्यवसाय सिप विकास प्रा लि , सोसियल डेपलपमेन्ट सेन्टर प्रा लि , साझा व्यवसाय सिप विकास प्रा लि ,मेघा मल्टिप्रपोज प्रा लि , लघु व्यवसायिक विकास प्रा लि, विजनेश नेपाल प्रा लि , कम्युनिटि डेपलपमेन्ट प्रा लि ,रोजगार तथा सिप विकास प्रा लि लगायतका संघसंस्थाले गरी ईभेन्ट परियोजना अन्तर्गत करीब हजारौ युवा , महिला तथा पुरुषहरुलाई तालिम प्रदान गरेका र तालिम लिईसकेपछि अधिकांशले हाल आफ्नै व्यवसाय संचालन गरीरहेको , स्वरोजगार बनेको तथा तालिमबाट आफुहरु दक्ष भएको र आफुले गर्ने कार्य गर्न सक्षम समेत भएको बताएका छन् ।
यो ईभेन्ट परियोजना पहिलो चरणमा सन् २३ अगष्ट २०११ देखी सुरु भई ११ अक्टुबर २०१५ मा सकिएको थियो भने परियोजना अन्तर्गत दोश्रो चरणमा २५ सेप्टेम्बर २०१७ बाट सुरु भई १५ जुलाई २०२२ मा सकिएको हो ।
ईभेन्ट परियोजना प्रमुख शिव कुमार सापकोटाको अध्यक्षतामा सोमबार आयोजित अन्तक्रिया कार्यक्रममा प्रमुख अथिति वीरगंज महानगरका शिक्षा शाखा प्रमुख अरविन्द लाल कर्ण, ईभेन्ट परियोजनाका उपसचिव एव् लेखा प्रमुख देवरी गौतम , ईभेन्टका योजना शाखा प्रमुख केवली राम अधिकारी, नेपाल तालिम तथा रोजगार व्यवसायी संघ मधेश प्रदेशका अध्यक्ष रोकश साह , वीरष्ठ उपाध्यक्ष सरोज कोईराला ,विभिन्न सिपका विषयगत प्रशिक्षक , सहायक प्रशिक्षक , तालिम प्राप्त सहभागिहरु लगायत संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।

Related posts

पर्सा २ : काँग्रेसका चौरसिया जसपाका कुर्मी भन्दा ६१२ मतले अगाडि

MadhesKhabar

वीरगन्जको भकुवा नाकाबाट ८१ हजार ४९० पिस लागू औषध बरामद

MadhesKhabar

७ बर्षदेखि हराएकी महिलालाई मानव सेवा आश्रमको फेसबुक भिडियोले गरायो पारिवारिक पुर्नमिलन

MadhesKhabar

Leave a Comment