वीरगन्ज,८मंसिर:राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मधेसकाे मुहार रास्वपाले फेर्ने दाबी गरेका छन्।
शुक्रबार वीरगन्जमा रास्वपाद्वरा आयाेजित कार्यक्रमलाई सम्बाेधन गर्दै सभापति लामिछानेले यस्ताे दाबी गरेका हुन्।मधेसकाे भविष्य फेर्न नै आफु मधेस आएकाे लामिछानेले बताए।
उनले देश र मधेशकाे भविष्य फेर्न तयारीकाे साथ आफु मधेस आएकाे बताए । उनले बर्षाेदेखि विभेदमा परेकाे मधेसमा विशेष तयारी गरि आफु एक हप्ते कार्यक्रम अन्तर्गत मधेस आएकाे बताए ।उनले भने,` त्यति मात्र हाेइन मधेस मै पार्टीकाे बिशेष बैठक पनि राखेका छाैं।´
उनले भने,`धेरैले मधेसमा किन आउनु भएन, कहिले आउनुहुन्छ भनिरहँदा मैले भनिरहेका थिए, बर्षाेदेखि विभेदमा परेकाे मधेसमा तयारीकाे साथ आउनु पर्छ । त्यस अनुसार नै मधेसमा पाइला राखिसकेकाे छु । एक चाेटी पाइला राखिसकेपछि अब जराे गाडेर मात्र फर्कन्छु।´
यसअघि मधेसकाे मुहार फेर्छु भन्नेहरुले आफ्नाे मुहार मात्र फेरेकाे बताउँदै उनले देशमा मात्र हाेइन विदेशमा समेत आफन्तकाे नाममा उनिहरुले सम्पती जाेडेकाे बताए।ती नेताहरुले आछ्युँ आउदा पनि विदेशका महँगाे अस्पतालमा उपचार गराउने गरेकाे उनले बताए । उनले मधेस नेता उत्पादन गर्ने कारखाना मात्र नभएर यहाँ बन्द रहेका कलकारखाना संचालन गरेर राेजगार सृजना गर्ने थलाे समेत भएकाे बताए ।
मधेसले खाेजेकाे शिक्षा, स्वास्थ्य र राेजगार राष्ट्रिय स्वतन्त्र पार्टीले दिने जिकिर उनले गरे।
परिस्थितीले जन्माएकाे पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी भएकाे बताउँदै उनले चुनाव सम्म मधेसलाई माया गर्ने एक सय एक सपुत खाेजेर संसदमा लग्ने दाबी गरे ।

