Madhes Khabar
समाचार

वीरगन्जमा भारु ४ लाख ५० हजार नगदसहित भारतीय नागरिक पक्राउ

वीरगन्ज,२६भदाैं:वीरगन्जबाट प्रहरीले स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँ (नेरु ७ लाख २० हजार)सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतको बिहार राज्यकाे मोतिहारी जिल्लाकाे पलनवा थाना–१० घर भएका ५५ वर्षीय अशोक कुमार रहेका छन्।

वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा नियमित चेकजाँचका क्रममा प्रहरी चौकी इनर्वाबाट खटिएको टोलीले अशाेकले हाँकेकाे बीआर ०६ एटी ६४४५ नम्बरको मोटरसाइकल रोकेर चेक जाँच गरेकाे थियाे।त्यस क्रममा उक्त मोटरसाइकलको डिक्कीमा लुकाएर राखिएको अवस्थामा भारु ५०० दरका ८९१ थान, भारु २०० दरको १ थान र भारु १०० दरका ४३ थान नाेट गरि कुल मूल्य ४ लाख ५० हजार भारतीय रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।

बरामद उक्त रकम र मोटरसाइकलसहित अशोक कुमारलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

Related posts

निजगढको होटलमा एक युवती मृत फेला, तीन जना पक्राउ

MadhesKhabar

युवा र पाका दुवैलाई समय र आवश्यक्ताका आधारमा स्थान दिनुपर्ने : मन्त्रि यादव

MadhesKhabar

सरकारकाे निर्देशनविपरीत गृहमन्त्री सुधन गुरुङकै संस्था ‘हामी नेपाल’ ले पैसा उठाउन थाल्याे

MadhesKhabar

Leave a Comment