Madhes Khabar
समाचार

भूमि आयोग खारेज गर्ने सुशीला कार्की नेतृत्वको सरकारको निर्णय सर्वोच्च अदालतले गर्‍यो बदर

काठमाडौं,१५मंसिर : सर्वोच्च अदालतले भूमि समस्या समाधान आयोग खारेज गर्ने अन्तिरिम सरकारको निर्णय खारेज गरिदिएको छ। न्यायाधीश शारङ्गा सुवेदी र श्रीकान्त पौडेलको इजलासले सरकारको उक्त निर्णय बदर गर्दै आयोगलाई ब्यूताइदिएको हो।

गत असोज २३ गते बसेको प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद बैठकले भूमि समस्या समाधान आयोग र सबै जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरेको थियो। बैठकले भूमि समस्या समाधान आयोग गठन आदेश २०८१ बमोजिम गठन भएको आयोग र सबै जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरेपछि त्यसका विरुद्ध आयोगका अध्यक्ष हरिप्रसाद रिजालले गत कार्तिक ९ गते सर्वोच्चमा रिट दायर गरेका थिए।

यसअघि उक्त रिटमा सर्वोच्चले सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेको थियो। साभारःअन्नपूर्णपोष्ट

Related posts

पर्सामा १६८ किलाे गाँजा र बाेलेराेसहित दुई जना सशस्त्र प्रहरीको फन्दामा

MadhesKhabar

सखुवा प्रसौनी गाँउपालिकामापनि मनाइयो संविधान दिवस

MadhesKhabar

मधेसखबरकी सम्पादक माधुरी महत्तो अर्थमन्त्री शर्माबाट सम्मानित

MadhesKhabar

Leave a Comment