Madhes Khabar
समाचार

भूमि आयोग खारेज गर्ने सुशीला कार्की नेतृत्वको सरकारको निर्णय सर्वोच्च अदालतले गर्‍यो बदर

काठमाडौं,१५मंसिर : सर्वोच्च अदालतले भूमि समस्या समाधान आयोग खारेज गर्ने अन्तिरिम सरकारको निर्णय खारेज गरिदिएको छ। न्यायाधीश शारङ्गा सुवेदी र श्रीकान्त पौडेलको इजलासले सरकारको उक्त निर्णय बदर गर्दै आयोगलाई ब्यूताइदिएको हो।

गत असोज २३ गते बसेको प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद बैठकले भूमि समस्या समाधान आयोग र सबै जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरेको थियो। बैठकले भूमि समस्या समाधान आयोग गठन आदेश २०८१ बमोजिम गठन भएको आयोग र सबै जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरेपछि त्यसका विरुद्ध आयोगका अध्यक्ष हरिप्रसाद रिजालले गत कार्तिक ९ गते सर्वोच्चमा रिट दायर गरेका थिए।

यसअघि उक्त रिटमा सर्वोच्चले सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेको थियो। साभारःअन्नपूर्णपोष्ट

Related posts

ध्वनि प्रदूषण गर्न ग्यारेजमा मोटरसाइकल मोडिफाई गरिदिने आलम पक्राउ

MadhesKhabar

बारामा प्रहरीकाे हिरासतबाट भागेका थुनुवा पक्राउ

MadhesKhabar

वीरगन्जको मेयरमा राजेशमान र उपमेयरमा इम्तियाजको जित सुनिश्चित

MadhesKhabar

Leave a Comment