Madhes Khabar
समाचार

सखुवा प्रसौनी गाँउपालिकामापनि मनाइयो संविधान दिवस

प्रमोद यादव
पर्सा,३असोजःपर्साको सखुवा प्रसौनी गाउँपालिकामापनि बिहीबार संविधान दिवस मनाइएको छ ।गाँउपालिकाको प्रशासनीक कार्यालय प्रांगणमा आयोजित संविधान दिवस कार्यक्रममा दीप प्रज्वलन गर्नुका साथै राष्ट्रिय झण्डा फहराइएको थियो ।

कार्यक्रममा सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यशन्त यादवले नेपालको संविधान २०७२ जनताप्रति उत्तरदायी रहेको बताए । उनले संविधानमा छुटेका जनताका अधिकार र माग संशोधनमार्फत समेटिनुपर्नेमा जोड दिए ।

अध्यक्ष यादवकै अध्यक्षतामा भएको कार्यक्रममा गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत विजय कुमार चौरसियाले स्वागत मन्तव्य राखेका थिए ।कार्यक्रममा उपाध्यक्ष शर्मिला विष्ट, वडाध्यक्षहरु, कार्यपालिका सदस्य , कर्मचारी, नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष शिवनाथ प्रसाद थारु, ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक मोहनजंग बुढा थापा,इलाका प्रहरी कार्यालय एकटांगाका प्रहरी नायब निरीक्षक अरविन्द यादव,सशस्त्र प्रहरी सुरक्षा बेसक्याम्प बागेश्वरी तित्रौनका सशस्त्र प्रहरी निरीक्षक चामनारायण महतो लगायतको सहभागीता थियो ।

Related posts

वीरगन्जको वडाहरुमा काँग्रेसको लगातार जित,वडा नम्बर २८ मा महत्तो निर्वाचित

MadhesKhabar

अङ्ग्रेजी नयाँ वर्षका दिन पर्सामा १२० सवारीसाधन कारबाहीमा परे

MadhesKhabar

वीरगन्जमा श्राेत नखुलेकाे ६ लाख नगदसहित एक भारतीय पक्राउ

MadhesKhabar

Leave a Comment