Madhes Khabar
समाचार

मधेसखबरकी सम्पादक माधुरी महत्तो अर्थमन्त्री शर्माबाट सम्मानित

मधेसखबर
वीरगन्ज,२१जेठः मधेसखबर अनलाइन पत्रिकाकी सम्पादक माधुरी कुमारी महत्तो संघीय सरकारका अर्थमन्त्री जनार्दन शर्माबाट सम्मानित भएकी छन् ।
शनिबार वीरगन्ज उद्योग वाणिज्य संघको ४६ औं साधरणसभा समारोहमा अर्थमन्त्री शर्माले संघको तर्फबाट सम्पादक महत्तोलाइ गम्छा ओढाएर कदरपत्र प्रदान गर्दै सम्मानित गरेका हुन् ।महत्तो , सामुदायिक रेडियो नारायणी एफएमको समाचार प्रमुख र बिबिसी नेपाली सेवाको संवाददाता पनि हुन् ।
संघको साधरणसभाको उद्घाटन समारोहमा नेपाल टेलिभिजनका पर्सा संवाददाता विजय कुमार महत्तो , नेपाल पोष्ट डेलि अनलाइन पत्रिकाका सन्चालक मनोज पटेल , अनलाइन खबर अनलाइन पत्रिकाका सुरेश बिडारी , ग्यालेक्सी टेलिभिजनका संवाददाता जियलाल साह , एभिन्युज टेलिभिजनकी संवाददाता मुस्कान श्रेष्ठ र ब्रेकलिंक अनलाइनकी संवाददाता विमला गुप्ता, यात्रा डेली अनलाइन पत्रिकाका सुर्य शुभचिन्तकलाइ पनि अर्थमन्त्री शर्माले संघको तर्फबाट सम्मानित गरेका छन् ।


वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष डाक्टर सुबोध गुप्ताको अध्यक्षतामा भएको उद्घाटन समारोहमा प्रदेशका मन्त्री ओम प्रकाश शर्मा , पर्साका सांसद प्रदीप यादव, प्रदेशसभा सदस्य विभा यादव , वीरगन्जका मेयर राजेशमानन सिंह , जितपुर सिमरा उपमहानगरका मेयर राजन शर्मा पौडेल , संघका पुर्व अध्यक्षहरु गोपालल केडिया , गणेश लाठ , नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान लगायतको पनि उपस्थिती थियो ।

Related posts

जबराविरुद्धको महाअभियोगमाथि अध्ययन छिट्टै सक्न सभामुखको आग्रह

MadhesKhabar

आलु–प्याजभित्र लुकाएर लागू औषधको तस्करी गरेका युवक पर्साको धोरेबाट पक्राउ

MadhesKhabar

भूपू सैनिक संघ बाराकाे अध्यक्षमा पाण्डे सर्वसम्मत चयन

MadhesKhabar

Leave a Comment