Madhes Khabar
समाचार

भूपू सैनिक संघ बाराकाे अध्यक्षमा पाण्डे सर्वसम्मत चयन

बारा,२माघ:नेपाली कांग्रेस निकट नेपाल भूतपूर्व सैनिक संघ बाराकाे अध्यक्षमा ओमराज पाण्डे(बाबू) सर्वसम्मत चयन भएका छन्।बुधबार बाराको जीतपुरसिमरा उपमहानगरपालिका-१५ बेङ्गाही रिसाेर्टमा सम्पन्न संघकाे चाैंथाे अधिवेशनले पाण्डेकाे नेत्तृत्वमा १९ सदस्यीय संघकाे नयाँ कार्यसमिति चयन गरेकाे हाे।

संघको उपाध्यक्षमा कुलबहादुर गुरूङ र लालकाजी श्रेष्ठ,सहसचिवमा ताेम बहादुर घले तथा काेषाध्यक्षमा शिला गरूङ चयन भएका छन्।त्यस्तै सदस्यहरूमा फुलमाया गुरूङ,लालमाया गरूङ,रिकिमाया गुरूङ,सुर्यदेवी गुरूङ,बैकुण्ठ सिलवाल खत्री लगायतका रहेका छन् ।

यस‌गरी केन्द्रीय प्रतिनिधिहरूमा दलबहादुर घले,लालबहादुर गुरूङ,बैकुण्ठ खत्री , राेमबहादुर कार्की र कुलबहादुर गुरुङ तथा प्रदेश प्रतिनिधिहरूमा ताेमबहादुर घले,लालकाजी श्रेष्ठ,अर्जुन घलेशिला गुरूङ र कुलमाया गरूङ चयन भएका छन् ।

 

नेपाली कांग्रेसका बाराका सभापति राजेशराय यादवकाे प्रमुख अतिथ्यता तथा नेपाल भूतपूर्व सैनिक संघका केन्द्रीय अध्यक्ष धनबहादुर रानाकाे विशिष्ट आतिथ्यतामा सम्पन्न उदघाटन सत्रमा नेपाल भूतपूर्व सैनिक संघका केन्द्रीय सदस्य देवेन्द्र शर्मा, याेगप्रसाद रिजाल,नवलपुरका जिल्ला समिति सदस् रामप्रसाद रिजाल,नेपाल प्रेस युनियनका केन्द्रीय सदश्य गणेशराज रिजाल लगायतकाले शुभकामना मन्तब्य राखेका थिए।

उद्घाटन सत्रकाे कार्यक्रम सञ्चालन भाेजराज भट्टराईले गरेका थिए ।

Related posts

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” काे सन्देश पनि दिन्छ : मन्त्री यादव

MadhesKhabar

बारामा ठूलो परिमाणमा ब्राउनसुगर सहित अन्सारी पक्राउ

MadhesKhabar

तीनकुने प्रदर्शनमा मारिएका सुरेश र सविनको परिवारलाई सरकारले १०/१० लाख रुपैयाँ दिने

MadhesKhabar

Leave a Comment