Madhes Khabar
समाचार

भारत सरकारद्धारा नेपाललाइ ७५ वटा एम्बुलेन्स र १७ वटा बस उपहार

मधेसखबर
वीरगन्ज,१९असार : भारत सरकारले नेपाललाई अनुदान सहायता स्वरूप ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहार दिएको छ ।

भारत स्वतन्त्र भएको ७५ औँ वर्षगाँठको अवसरमा भारत सरकारले नेपाललाई एम्बुलेन्स र विधालय बस उपहार दिएको हो ।

आइतवार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलको उपस्थितिमा नेपालमा रहेको भारतीय राजदूतावासले नेपालका विभिन्न संघ–संस्थालाई ७५ वटा एम्बुलेन्स र विभिन्न विद्यालयलाई १७ वटा बस उपहार दिएको हो ।

नेपालका विभिन्न जिल्लामा अवस्थित विशेषगरी स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न सरकारी, गैरसरकारी तथा गैर नाफामूलक संस्थाहरूलाई एम्बुलेन्स र बस उपलब्ध गराएको भारतीय दूतावासले जनाएको छ ।

एम्बुलेन्स र बस प्रदान गरिएको कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव सहभागी थिए । श्रीवास्तवले बस र एम्बुलेन्स प्रदान गरिएका विभिन्न संस्थालाई चाबी प्रदान गरेका हुन् । यो सहयोग भारत स्वतन्त्र भएको ७५ औँ वर्षगाँठको अवसरमा प्रदान गरिएको हो ।

कार्यक्रममा मन्त्री पौडेल र नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले नेपाल र भारतको सम्बन्ध बलियो र सहयोगीपूर्ण हुने उल्लेख गर्नुभएको थियो । भारतले सन् १९९४ यता नेपालका विभिन्न जिल्लामा रहेका संस्थाहरूलाई ९ सय ४० वटा एम्बुलेन्स र १ सय ८४ वटा विद्यालय बस उपहारस्वरूप प्रदान गरिसकेको छ ।

Related posts

यूथ कांग्रेस अमेरिकाबाट सरकारलाई आधा दर्जन बढी अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण ।

MadhesKhabar

वीरगन्जमा बिजुलीको पोलमा मोटरसाइकल ठोक्किदा एक किशोरको मृत्यु

MadhesKhabar

वीरगन्जमा तस्करीको ११३ वटा कछुवा सहित टेमानी पक्राउ

MadhesKhabar

Leave a Comment