Madhes Khabar
समाचार

सन्दीप लामिछानेले असोज २० गते नेपाल फर्किएर आत्मसमर्पण गर्ने

मधेसखबर
वीरगन्ज,१५असोज : बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेले आत्मसपर्पण गर्ने बताएका छन् ।

एक किशोरीले बलात्कारको जाहेरी दर्ता गराएपछि विदेशमै लुकेका लामिछानेले शनिबार बिहान एक वक्तव्य जारी गर्दै नेपाल फर्किएर आत्मसपर्पण गर्ने बताएका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत लामिछानेले अक्टोबर ६ अर्थात यही असोज २० गते नेपाल फर्किने बताएका छन् ।‘ठूलो आशा र शक्तिका साथ म यही अक्टोबर ६ मा नेपाल आउँदैछु र झुटो आरोपविरुद्ध कानुनी लडाइँ लड्नका लागि नेपाल सरकारसमक्ष आत्मसमर्पण गर्नेछु,’ उनले लेखेका छन् ।

उनले आफू निर्दोष भएको बताउँदै चाँडै न्याए पाउने विश्वास व्यक्त गरेका छन् । उनले आफूमाथिको षडयन्त्रको समसँगै पर्दाफास हुने दाबी पनि गरेका छन् ।केही समय सम्पर्कविहीन भएका लामिछानेले पछिल्लो पटक आफू तनावमा भएकोले आइसोलेसनमा बसेको बताए ।

उजुरी दर्ता भए यता लामिछाने प्रहरीको फरार सूचीमा दर्ज भएका छन् । क्यारेबियन लिगका लागि जमैका गएका लामिछाने नेपाल नफर्केपछि प्रहरीले उनीविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस समेत जारी गरेको छ ।साभार : अनलाइनखबर

Related posts

वीरगन्जका पत्रकार शंकर आचार्य सम्मानित

MadhesKhabar

एक वर्ष नबित्दै ३ करोडमा किनेको स्मार्ट लाइसेन्स छाप्ने मेसिन बिग्रियो

MadhesKhabar

पछिल्लो २४ घण्टामा ९१२ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

MadhesKhabar

Leave a Comment