Madhes Khabar
समाचार

कठमाडौंको टोखाबाट ट्रकमा भेटिएको २५ करोडको मालिक पहिचान

फाइल तस्बिर ।

काठमाडौं,२०चैतः काठमाडौंको टोखास्थित झोरमा गत चैत ४ गते राति एउटा ट्रकमा भेटिएको २५ करोड बराबरको डलर र युरोको मालिक पहिचान भएको छ ।

राजश्व अनुसन्धान विभागका अनुसार उक्त रकम सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ स्थायी घर भई टोखा नगरपालिका–१० बस्ने नारायण पौडेलको रहेको खुलेको हो ।

गत चैत ४ गते राति ना ७ ख १६५२ नम्बरको ट्रकमा लुकाएर लाँदै गरेको अवस्थामा प्रहरीले सिन्धुपाल्चोकका ४३ वर्षीय चालक कुसान लामालाई पक्राउ गरेको थियो ।भोटेकोशी गाउँपालिका–१ का लामाले चालक सिट पछाडि फल्स बटम बनाएर रकम राखेको अवस्थामा लामालाई प्रहरीले पक्राउ गरेको थियो ।

राजश्व अनुसन्धान विभागको अहिलेसम्मको अनुसन्धाबाट उक्त रकम पौडेलले दिएको खुल्न आएको एक अधिकृतले जानकारी दिए। पौडेललाई पक्राउ गर्नका लागि अदालतबाट पुर्जी जारी भइसकेको छ ।

चालक लामाको बैंक खाताको विवरण हेर्दा अस्वभाविक कारोबार देखिएको विभागले जनाएको छ । जसको सीडीआर विश्लेषणबाट पौडेलको मोबाइलमा अन्तिम पटक सम्पर्क भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।उक्त व्यक्तिलाई पक्राउ गरेर विभागमा जिम्मा लगाउन प्रहरीलाई पत्राचारसमेत भएको छ ।साथै, उनको मोबाइल नम्बरको सीडीआर विश्लेषण गर्दै अनुसन्धान अघि बढाइएको विभागले जनाएको छ ।

सीसीटीभी फुटेज र डिजिटल डिभाइसको विश्लेषण, उनको घर, कारोबार स्थल, गोदाम लगायतका ठाउँमा विभागले खानतलासी पनि गरेको छ । सो क्रममा विभिन्न दशी बरामद भएको विभागले जनाएको छ ।

उक्त ट्रक ग्यारेज, पार्किङस्थल र विभिन्न गोदाममा समेत गएको देखिएको र खानतलासी पनि भएको विभागले जनाएको छ ।साभारः अनलाइनखबर

 

Related posts

नेपालको राष्ट्रिय फल सुन्तला घोषित

MadhesKhabar

प्रचारको अन्तिम दिन पोखरीयामा काँग्रेसको चुनावी घरदैलो

MadhesKhabar

नेपाली १ हजार दरका ११५ थान नक्कली नोटसहित एक जना पक्राउ

MadhesKhabar

Leave a Comment