काठमाडौं, ७ वैशाख : नेपाल–भारत सीमा क्षेत्रमा १०० रुपैयाँमाथिको सामान आयातमा भन्सार शुल्क लगाउने नीतिविरुद्ध पूर्वमन्त्रीसमेत रहेका प्रतिनिधिसभा सदस्य (सांसद) डा. महावीर पुनले पनि विरोध जनाएका छन् ।
स्वतन्त्र सांसद पुनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै सरकारको आलोचना गरेका हुन् । फेसबुक उनले लेखेका छन्, ‘भारतबाट सामान ल्याउँदा १०० रुपैयाँभन्दा बढीको कुनै पनि सामान ल्याउँदा सिमानामा भन्सार तिर्नुपर्ने नेपाल सरकारको निर्णय एकदमै अव्यवहारिक र अन्यायपूर्ण छ ।’
पुनले सीमा क्षेत्रमा ‘शदियौँदेखि चल्दै आएको’ चलनमा भन्सार लगाउनु गतल भएको उल्लेख गरेका छन् ।


