Madhes Khabar
समाचार

कानुन व्यवसायीलाई लाइसेन्स दिन मापदण्ड बनाउने कुरा सही छ : मन्त्री चौरसिया

फाइल तस्बिर ।

काठमाडौं,१साउन:कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले कानुन व्यवसायी(वकिल)लाई व्यावसायिक शिक्षामा परिपक्व बनाउन लाइसेन्स दिनुभन्दा पहिले मापदण्ड बनाउने कुरा सही रहेको बताएका छन् ।

काठमाडौंस्थित सिंहदरबारमा बिहीबार बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै कानुनमन्त्री चौरसियाले कानुन व्यवसायी परिषद्‍ भित्र लयर्स एकेडेमी निर्माण गर्नेकुरा राम्रो भएको बताए ।

 

एकेडेमीले कानुन व्यवसायीलाई लाइसेन्स दिने, अधिवक्ताहरूलाई अझ व्यवस्थित र व्यवहारिक बनाउने उनले बताए ।

‘कानुन व्यवसायी परिषद्‍ भित्र एकेडेमी भन्ने कुरा आएको छ । त्यो एकेडेमीले कानुन व्यवसायीको लाइसेन्स लिने, अधिवक्ताहरूलाई अझ व्यवस्थित ढंगले र व्यवहारिक कानुनी र व्यावसायिक शिक्षामा परिपक्व बनाउन लाइसेन्स दिनुभन्दा पहिले मापदण्ड बनाउने कुरा आएको छ,’ उनले भने, ‘यो मलाई लाग्छ ठिक छ । भाषा पछि मिलाउन सकिन्छ ।’

समितिको बैठकमा बोल्दै नेपाली कांग्रेसकी सांसद नागिना यादवले युनिभर्सिटीको डिग्रीलाई कम आँक्न नमिल्ने बताइन् ।

कानुन व्यवसायी बन्नका लागि उसको शैक्षिक योग्यता पुग्छ र एकेडेमिक डिग्रीबाटै उसको योग्यता पुष्टि हुन्छ भने उसलाई त्यसमा बाध्यकारी बनाइनु नहुने उनको तर्क छ।संसारमा शैक्षिक योग्यता पुगिसकेपछि लाइसेन्स लिइरहनुपर्ने बाध्यकारी अवस्था नरहेको उनले बताइन् ।

समितिको बैठकमा बोल्दै नेकपा एमाले सांसद सुहाङ नेम्वाङले कानुन व्यवसायी परीक्षा पास गरिसकेपछि मात्रै कानुन व्यवसायी बन्न पाउनुपर्ने बताए ।

बिहीबारको समितिको बैठकमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८२ को सम्बन्धमा दफावार छलफल भएको हो ।साभार:अनलाइनखबर

Related posts

खाना खाँदा भात अड्किएर मृत्युु

MadhesKhabar

मेलम्चीको पानी बाह्रै महिना काठमाडौंमा आपूर्ति गर्न थप गृहकार्य गरिरहेका छौं : मन्त्री यादव

MadhesKhabar

नेविसंघ पर्साको अध्यक्षमा ईन्जिनियर यादव मनोनित

MadhesKhabar

Leave a Comment