Madhes Khabar
समाचार

पत्रकार महासंघका केन्द्रीय अध्यक्ष पाेखरेलले दिए राजिनामा

काठमाडौं,२४भदाैं: नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोखरेलले राजीनामा दिएका छन् । दोस्रोपटक पनि पत्रकार महासंघको चुनाव नहुने निश्चित प्राय भएपछि पोखरेलले राजनीनामा दिएका हुन् ।

पत्रकार महासघको आइतबार केन्द्रीय समितिको बैठक थियोे । बैठकमा मतदाताको अन्तिम नामवली सार्वजनिक गर्नुपर्ने अडान केन्द्रीय अध्यक्ष पाेखरेलले राखेपनि विवाद हल भएपछि मात्रै नामवली सार्वजनिक गर्नुपर्ने अन्य सदस्यहरुले भनेका थिए ।

नामवली सार्वजनिक गर्न नसकेपछि अब असोज ५ का लागि तय गरिएको अधिवेशन हुन नसक्ने स्थिति बनेको छ । यसैका कारण अध्यक्ष पोखरेलको राजीनामा आएको स्रोतको दाबी छ ।

पत्रकार महासंघ जिल्ला, प्रदेश र केन्द्रको अधिवेशनकाे अवधि गत चैतमा नै सकिएको हो । महासंघ केन्द्रले असोज ५ लाई नयाँ निर्वाचनको मिति तोकेको थियोे । असोज ५ सहित हालसम्म तीन पटक निर्वाचनको मिति तोकिसकिएको छ ।

Related posts

वीरगन्ज नाकाबाट ६ लाख रुपैयाँसहित एक महिला पक्राउ 

MadhesKhabar

कानुन व्यवसायीलाई लाइसेन्स दिन मापदण्ड बनाउने कुरा सही छ : मन्त्री चौरसिया

MadhesKhabar

सिमरामा जेनजीकाे आन्दोलन बिथोल्ने एमालेका नेताकार्यकर्तालाई खाेजी रहेका छाैं : प्रहरी

MadhesKhabar

Leave a Comment