वीरगन्ज,१४मंसिरःविश्व हिन्दु परिषद् नेपालले पनि म्यानमार र बंगलादेशबाट विस्थापित रोहिंग्या समुदायका मानिसहरू नेपालमा अवैध रूपमा भित्रने क्रम तीब्र बनेको भन्दै नाकामा सतर्कता अपनाउन नेपाल सरकारसंग आग्रह गरेको छ ।
हाल भारतमा रहेका रोहिंग्याहरु विरुद्ध त्यहाँको सरकारले खोजिनीति सुरु गरेपछि भागेर उनिहरु अवैध रुपमा नेपालमा प्रवेश गगरिरहेको भन्दै परिषद्ले रोहिंग्याहरु नेपालमा भित्रिदा त्यसले देशको राष्ट्रिय सुरक्षा, सामाजिक सद्भाव र दीर्घकालीन जनसख्यीक सन्तुलनमा गम्भीर खतरा उत्पन्न हुने जनाएको छ ।
परिषद्ले आइतबार पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापन पत्रमा भनिएको छ ः भारतमा हालै सुरु भएको स्पेसल इन्टेन्सिभ रिभिजन ()एसआरई) प्रक्रियाका कारण नेपालको खुला सीमाबाट अवैध प्रवेश बढेको र यसले आतंकवादी समूहहरूका लागि नेपाललाई आधार क्षेत्र बनाउने जोखिम रहेको उल्लेख छ ।
हिन्दु परिषद्ले भारतको जम्मु–कश्मीरको पहलगाममा नेपाली युवक सुदिप न्यौपानेसहित हिन्दु पहिचानका आधारमा भएको हत्या, दिल्लीमा उच्च शिक्षित मुस्लिम चिकित्सकहरूको संलग्नतामा भएको बम विस्फोट र काठमाडौँमै आयोजित एक कार्यक्रममा मुस्लिम अगुवाहरूले “४० लाख मुस्लिम उत्रिए देशको अवस्था के हुन्छ” भन्दै दिएको धम्कीपूर्ण अभिव्यक्ति तथा प्रधानमन्त्री सुशीला कार्कीमाथि लगाइएको लाञ्छनालाई गम्भीर असुरक्षा संकेतका रूपमा प्रस्तुत गरेको छ ।
सुनसरी, धनुषा, महोत्तरी, रौतहट, बारा, पर्सा, कपिलवस्तु र बाँके जिल्लामा पछिल्ला वर्षमा हिन्दु धार्मिक कार्यक्रममा बारम्बार अवरोध हुने, कफ्र्यु लगाउनुपर्ने अवस्था सिर्जना हुने र जनसांख्यीक संरचना तीव्र रूपमा परिवर्तन भइरहेकाले सामाजिक सद्भावमा गम्भीर क्षति पुगिरहेको परिषद्को ठहर छ ।
सरकारलाई तत्काल कदम चाल्न परिषद्ले आग्रह गरेको छ । सीमा क्षेत्रमा कडा निगरानी र प्रभावकारी स्क्रिनीङ प्रक्रिया लागू गरी अवैध घुसपैठ पूर्ण रूपमा रोक्नुपर्ने, नेपालमा अवैध बसोबास गरिरहेका सबै व्यक्तिको पहिचान गरी विवरण संकलन र कानुनी कारबाही अघि बढाउनुपर्ने, नेपाललाई अवैध आप्रवासन वा कुनै पनि असुरक्षित गतिविधिको आश्रयस्थल बन्न नदिन ठोस नीति र व्यावहारिक कदम तुरुन्तै लागू गर्नुपनमाग परिषद्को छ ।

