Madhes Khabar
समाचार

वीरगन्जका पत्रकार शंकर आचार्य सम्मानित

वीरगन्ज,५साउन:जिल्ला प्रशासन कार्यालय पर्साले कान्तिपुर पत्रिकाका संवाददाता शंकर आचार्यसहितलाई सम्मानित गरेको छ ।गत असार १५ गते पर्साको ठोरी गाउँपालिका–३ सिकारीबासमा एकीकृत सेवा सञ्चालन कार्यक्रमको आवश्यकता उजागर गरेकोमा उच्च कदर गर्दै कान्तिपुरका पर्सा संवाददाता आचार्यलाई आइतबार सम्मानित गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले दोसल्ला ओढाई प्रशंसापत्रसहित आचार्यलाई सम्मानित गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय समाचार समिति पर्साका प्रमुख हिमाल लम्साल, पत्रकार महासंघ पर्सा, ग्रिनसिटी सामुदायिक संस्था, रुङ्टा वेलफेयर सोसाइटी, नारायणी सिँचाइ व्यवस्थापन डिभिजन कार्यालय, जिल्ला पूर्वाधार विकास कार्यालय, नारायणी अस्पताल,वीरगन्ज सामुदायिक आँखा अस्तपाल, नेपाल टेलिकम प्रादेशिक कार्यालय वीरगन्ज, हस्क पावर नेपाल, घरेलु विभाग प्रादेशिक कार्यालय, ठोरी गाउँपालिकाको कार्यालयलाई पनि सम्मानित गरिएको थियो ।

प्रमुख जिल्ला अधिकारी अर्यालले सिकारीबास जस्तो पर्साको सबैभन्दा दुर्गम गाउँमा सरकारको पहुँच पुर्‍याउन सकेकोमा आफूहरू गौरवान्वित भएको बताए । उनले सरोकारवाला सम्पूर्णको प्रयासले सिकारीबासमा यसरी सरकारको उपस्थिति गराउन सफलता मिलेको बताए

Related posts

भारतमा पर्साका पत्रकार गुप्तासहित मधेसका ५ पत्रकार सम्मानित

MadhesKhabar

धादिङको बेनिघाटमा यात्रुबस दुर्घटना, १७ जनाको मृत्यु,मृतकको संख्या बढ्न सक्ने अनुमान

MadhesKhabar

वीरगन्ज कारागारमा बैंकिङ कसुर र चेक अनादर मुद्दाका ३५ कैदीबन्दी

MadhesKhabar

Leave a Comment