Madhes Khabar
राजनीति समाचार

जगरनाथपुर–५ चिल्झपट्टीमा रमेश रिजालको घरदैलो सम्पन्न

वीरगन्ज,फागुन १६:पर्सा क्षेत्र नम्बर ४ का रमेश रिजाल ले जगरनाथपुर गाउँपालिका–५ चिल्झपट्टीमा व्यापक घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।

घरदैलोका क्रममा उम्मेदवार रिजालले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना चुनावी एजेन्डा तथा विकास योजनाबारे जानकारी गराएका थिए। उहाँले क्षेत्रको सडक, शिक्षा, स्वास्थ्य, सिंचाइ तथा रोजगारीका विषयलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

घरदैलोमा स्थानीयवासीले उम्मेदवार रिजाललाई स्वागत गर्दै आगामी निर्वाचनमा सहयोग र समर्थन रहने विश्वास दिलाएका थिए। कार्यक्रममा पार्टीका स्थानीय नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेख्य सहभागिता रहेको थियो।

नेपाली कांग्रेसले पर्सा–४ मा आफ्नो संगठन सुदृढ बनाउँदै चुनावी अभियानलाई तीव्र बनाएको जनाएको छ।

Related posts

रास्वपाको समानुपातिक उम्मेदवारको बन्दसूचीमा पर्साबाट एक जनामात्रै

MadhesKhabar

पर्सामा १६८ किलाे गाँजा र बाेलेराेसहित दुई जना सशस्त्र प्रहरीको फन्दामा

MadhesKhabar

वीरगन्ज महानगरको श्वेतपत्र जारी गर्नका लागि चौधरीको संयोजकत्वमा ९ सदस्यिय समिति गठन

MadhesKhabar

Leave a Comment