
मधेसखबर
वीरगन्ज ,०१ जेठ : स्थानीय तह निर्वाचन अन्तर्गत पर्सामा जारी मतगणनामा आइतबार बिहान सम्म ८ वटा वडाको अन्तिम नतीजा सार्वजनिक भएको छ । जस मध्ये काँग्रेसले ४ , एमालेले ३ र जसपाले एक वडा अध्यक्ष जितेको छ ।
पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर १ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार कामेश्वरप्रसाद यादव विजयी भएका छन् । उनले ७२९ मत प्राप्त गरेका हुन् ।उनका निकटम प्रतिस्पर्धी जनता समाजवादी पार्टी नेपालका रामपुकार यादवले ६ सय ४२ मत ल्याएका हुन् ।
पर्साको धोबिनी गाँउपालिकाको वडा नम्बर १ को वडा अध्यक्षमा काँग्रेसका उम्मेदवार बन्धु साह तेली निर्वाचित हुनु भएको छ । तेलीले ५ सय ७४ मत पाउनु भएको हो । उहाका निकटतम प्रतिद्धन्द्धी जसपाका उम्मेदवारले ४ सय ७७ मत मात्रै पाएका हुन् ।
पर्साको पोखरीया नगरपालिका वडा नम्बर १० को वडा अध्यक्षमा काँग्रेसका सोनाल साह गोढ विजयी भएका छन् । उनले ४४७ मत पाएका हुन् । उनका निटकतम प्रतिद्धन्द्धी एमालेका उम्मेदवार बुनिलाल राउत कुर्मी उम्मेदवारले ३८७ मत मात्रै प्राप्त गरे ।
पर्साको पोखरीया नगरपालिका वडा नम्बर १ को वडा अध्यक्षमा नेकपा एमालेका प्रमोद गिरी विजयी भएका छन् । उनले ४४७ मत पाएका हुन् । उनका निटकतम प्रतिद्धन्द्धी काँग्रेसका उम्मेदवार राजु गिरीले २६७ मत मात्रै प्राप्त गरे ।
पर्साको बहुदरमाइ नगरपालिका वडा नम्बर १ को वडा अध्यक्षमा काँग्रेसका प्रमोद यादव विजयी भएका छन् ।
पर्साको पटेर्वासुगौली गाँउपालिका वडा नम्बर १ को वडा अध्यक्षमा नेकपा एमालेका फरमान मिया निर्वाचित भएका छन् ।
पर्साको ठोरी गाँउपालिका वडा नम्बर १ को वडा अध्यक्षमा नेकपा एमालेका उम्मेदवार धनमान थापा विजयी भएका छन् । उनले ६५१ मत प्राप्त गरेका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी काँग्रेसका उम्मेदवार नवराज फुयाँलले ६३० मत पाए ।
पर्साको बिन्दबासनी गाउँपालिका ववडा नम्बर १ को वडा अध्यक्षमा जसपाका अखलेश महतो निर्वाचित भएका छन् ।

