Madhes Khabar
समाचार

भारतमा पर्साका पत्रकार गुप्तासहित मधेसका ५ पत्रकार सम्मानित

वीरगन्ज,२३पुस:भारतकाे बिहार राज्यको वैशालीमा सार्क जर्नलिस्ट फाेरमले आयाेजना गरेकाे कार्यक्रममा पर्साका पत्रकार शैलेश गुप्तासहित मधेस प्रदेशका ५ जना पत्रकार सम्मानित भएका छन्।

 

सम्मानित हुनेमा रेडियो पाेखरियाका पत्रकार गुप्तासंगै वीरगन्जका पत्रकार दिपेन्द्र प्रजापति,चन्दन महताे,पूजा जयसवाल र मेवालाल यादव रहेका छन्।कार्यक्रममा मरिससका पूर्व उपप्रधानमन्त्री हरेष बुद्धुकी पत्नि डाक्टर सरिता बुद्धुले सम्मानित गरेकी हुन्।

 

सार्क जर्नलिस्ट फाेरम बिहारका अध्यक्ष डाक्टर शशीभुषण सिंहकाे अध्यक्षतामा भएको कार्यक्रममा भारत,नेपाल,भुटान,मरिसस,माल्दिभ्स,श्रीलंकाका पत्रकारहरु सहभागी थिए।

 

कार्यक्रममा उच्च न्यायलय पटनाका पूर्व न्यायाधीश राजेन्द्र प्रसाद,डाक्टर अनिल सुलभ लगायतका उच्च पदस्थ व्याक्तित्वहरुकाेपनि सहभागीता थियाे।

Related posts

पर्साकाे ठाेरीमा भारतीय नागरिक मृत फेला

MadhesKhabar

वीरगन्जबाट ४ करोडको मदीरा र कम्प्युटर पार्टससहितको ट्रक प्रहरी नियन्त्रणमा

MadhesKhabar

निजगढबाट १३ केजी गाजा सहित लालकाजी पक्राउ

MadhesKhabar

Leave a Comment