Madhes Khabar
समाचार हेडलाइन

वीरगन्जबाट ४ करोडको मदीरा र कम्प्युटर पार्टससहितको ट्रक प्रहरी नियन्त्रणमा

वीरगन्ज,२७भदौं : वीरगन्जबाट प्रहरीले बिलबिजकमा उल्लेख भन्दा बढी मूल्य र परिमाणका करिब ४ करोड रुपैयाँ मूल्यको विदेशी मदीरा र कम्प्युटरका पार्टससहित दुई वटा मालवाहक ट्रक नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगन्ज महानगरपालिका वडा नम्बर २५ स्थित सडकबाट लु.१ ख. ७५३२ र ना.३ ख. ५४९ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएको हो ।

वीरगन्जको सिर्सिया सुख्खा बन्दरगाह (ड्राइपोर्ट) बाट भन्सार जाँचपास भइ काठमाडौं जांदै गरेका ती दुवै ट्रकलाई वीरगन्ज–२५ स्थित व्यवपारिक राजमार्गमा मंगलबार राति प्रहरीले रोकेर चेकजाँच गरेको थियो । त्यसक्रमर्मा दुवै ट्रकमा बिलबिजक भन्दा बढी मूल्य र परिमाणका विदेशी मदीरा र कम्प्युटरको पार्टस फेला परेपछि सामानसहित दुवै ट्रकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए ।उक्त ट्रकबाट ३ करोड ९३ लाख ८८ हजार ६३१ रुपैयाँ मूल्यका सामान बरामद गरिएको उनले बताए ।

सामानसहितका दुवै ट्रक अनुसन्धान तथा कारबाहीका लागि बुधबार बाराको पथलैयास्थित राजश्व अनुसन्धान कार्यालयमा पठाइएको प्रहरी नायब उपरीक्षक भारतीले जानकारी दिए ।

Related posts

पानीको संकटका बेला राजनीति नगर्न जनप्रतिनिधीहरुलाई सांसद चौरसियाको आग्रह

MadhesKhabar

वीरगन्ज आएर दुर्गा प्रसाईले भने : अझै यस्ता ८ वटा अडियो मसंग छ , ती पनि सार्वजनिक गर्छु

MadhesKhabar

वीरगन्जको बालसुधार गृहमा संरचनाको अभाव हुदाँ थुनुवा बालकहरुलाई सास्ती

MadhesKhabar

Leave a Comment