Madhes Khabar
समाचार

केकमा गाँजा मिसाएर बिक्री गर्ने २ जना पक्राउ

वीरगन्ज,२५पुष: केक तथा कुकिजमा लागुऔषध गाँजा मिसाएर बिक्री गर्ने २ जनालाई लागुऔषध नियन्त्रण ब्यूरोले पक्राउ गरेको छ ।

इन्स्टाग्राममार्फत स्विट बेकरी एन पी नामक एकाउन्ट बनाई अवैध रुपमा लागुऔषध गाँजा प्रयोग गरी केक र कुकिज बिक्रि वितरण गर्ने २ जनालाई ब्यूरोले पक्राउ गरेको हो ।

काठमडौं महानगरपालिका वडा नम्बर १७ सोह्रखुट्टे बस्ने २६ वर्षीय मोहमद फाजिल र दक्षिणकाली नगरपालिका वडा नम्बर ३ स्थायी घर भई हाल ललितपुर महानगरपालिका वडा नम्बर १३ बस्ने २७ वर्षीय शालोम सादा लेप्चा जैसी पक्राउ परेका हुन् ।

एकान्तकुनामा घर भाडामा लिई प्रयोग गर्दै आइरहेको कोठाको खान तलासी गर्दा १ किलोग्राम १ सय ग्राम गाँजा, डाँठसहितको गाँजा १ किलो ५६८ ग्राम, बिक्री गर्न तयारी अवस्थाको १ केजी ९ सय ग्राम केक, माइक्रोओभन १ थान, तयारी अवस्थाको ९ सय ग्राम बटर, १ केजी ३२४ ग्राम तयारी कुकिज, डिजिटल तराजु १ थान, बेकिङ् पाउडर, चक्लेटको फ्लेभर लगायतका सामग्री बरामद गरिएको ब्यूरोका सूचना अधिकारी प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए ।

उनीहरु विरुद्ध लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम आवश्यक अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक जोशीले बताए ।

Related posts

चर्को विरोध भएपछि विमान कम्पनीहरूले बुधबारसम्म अधिकतम मूल्यमा टिकट बिक्री नगर्ने

MadhesKhabar

वीरगन्जमा लागूऔषधसहित बाराका दुई जना पक्राउ

MadhesKhabar

बारामा माेटरसाइकल दुर्घटना हुदाँ एक युवककाे मृत्युु

MadhesKhabar

Leave a Comment