Madhes Khabar
समाचार

हिमाल आरोहणका लागि ९ सय ४५ जनालाई अनुमति

फाइल तस्बिर ।

काठमाडाैं,२१बैशाख:वसन्तयाममा सगरमाथासहित नेपालका हिमाल आरोहणका लागि आजसम्ममा नौ सय ४५ जनाले अनुमति लिएका छन् । ३० वटा हिमाल आरोहणका लागि एक सय ९८ जना महिला सहित नौ सय ४५ जनाले अनुमति लिएका पर्यटन विभागका निर्देशक राकेश गुरुङले जानकारी दिए ।

सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि चार सय तीन जनाले अनुमति लिएका छन् । आरोहण अनुमती लिनेबाट सरकारले ६५ करोड ५३ लाख रुपैयाँ भन्दा धेरै रोयल्टी सङ्कलन गरेको छ । सबैभन्दा धेरै सगरमाथा आरोहीबाट मात्रै ५७ करोड ६१ लाख रुपैयाँ भन्दा धेरै रोयल्टी संकलन भएको विभागले जनाएको छ ।

अनुमति लिएका साना हिमालहरुले आरोहण शुरु भइसकेको छ । सगरमाथामा भने चौथो शिविर भन्दा माथी बाटो बनाउने काम भइरहेको र यहि .महिनाको अन्त्यबाट आरोहण शुरु हुने विभागले जनाएको छ ।

Related posts

सर्लाहीमा एक युवकको हत्या

MadhesKhabar

नेपालका कम्युनिष्ट पार्टीहरुले आज ७४ औं स्थापना दिवस मनाउँदै

MadhesKhabar

महोत्तरीका मिटरब्याजी अनिरुद्ध साह पक्राउ

MadhesKhabar

Leave a Comment