Madhes Khabar
समाचार

नेत्र ज्याेति संघले मधेस प्रदेशमा कार्यरत ट्राफिक प्रहरीलाई दियाे ७०० थान कालाे चश्मा

सर्लाही,१४साउन:नेपाल नेत्र ज्याेति संघले मधेस प्रदेशभरिका ट्राफिक प्रहरीलाई कालाे चश्मा प्रदान गरेकाे छ।गर्मी माैसममा घाममा बसेर ड्युटी गर्ने ट्राफिक प्रहरीलाई काम गर्न सहज हाेस् भनेर नेपाल नेत्रज्योति संघ मधेस प्रदेशले पर्देशभरि कार्यरत ट्राफिक प्रहरीलाई कालो चश्मा वितरण गरेको हाे ।

 

संघमार्फत सर्लाहीको ईश्वरपुरस्थित आँखा उपचार केन्द्रलाई प्राप्त ७०० थान चस्मा बुधबार ट्राफिक प्रहरीलाई हस्तान्तरण गरिएको हो।संघका मधेस प्रदेश सभापति रविन्द्रलाल चौधरीले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बाराका प्रमुख प्रहरी उपरीक्षक राजकुमार सिलवाललाई चश्मा हस्तान्तरण गरे।

कार्यक्रममा संघका मधेस प्रदेश सभापति रविन्द्रलाल चौधरीले पूर्व–पश्चिम राजमार्ग विस्तारकाे काम भइरहेका कारण ट्राफिक प्रहरीलाई झन् कठिनाइ हुने भएकाले सम्पूर्ण मधेस प्रदेशभरका ट्राफिक प्रहरीलाई चश्मा वितरण गरिएको बताए ।

ट्राफिक प्रहरी उपरीक्षक राजकुमार सिलवालले चश्माले ट्राफिक प्रहरीलाई कार्यक्षेत्रमा सहजता प्रदान गर्नुका साथै घाम, धूलो र आँखाका समस्याबाट जोगाउने बताए ।

ईश्वरपुर नगरपालिका मेयर मनोज आचार्यले नागरिकको जीउधनको सुरक्षामा दिनरात नभनी खटिने ट्राफिक प्रहरीप्रति स्थानीय सरकारको सहयोग आवश्यक रहेको बताए ।

 

ईश्वरपुर नगरपालिकाका मेयर तथा आँखा उपचार केन्द्रका अध्यक्ष मनोज आचार्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संघका केन्द्रीय कोषाध्यक्ष चिजकुमार मास्के, बागमती प्रदेश सभापति ऋषिराम पौडेल जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख लोकराज भट्ट सहित आठै जिल्लाका ट्राफिक प्रहरी प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति थियो ।

Related posts

२ कराेड हिनामिना गरेकाे आराेपमा बारा हुलाक कार्यालयका प्रमुख कुर्मी पक्राउ

MadhesKhabar

मन्त्रालयका कामकारबाहीलाई पारदर्शी र उत्तरदायी बनाउनेछु : खानेपानी मन्त्री यादव

MadhesKhabar

वीरगन्जका युवाहरुले रक्तदान गरेर मनाए भारतीय क्रिकेटर धोनीको जन्मदिन

MadhesKhabar

Leave a Comment