Madhes Khabar
समाचार

ठोरीमा ढुङगाले हानेर घाइते बनाइएका युवकको मृत्यु

मधेसखबर
वीरगन्ज, ०८ जेठ
: पर्साको ठोरी गाँउपालिका ५ बाघमोर्चा मन्दिर छेउमा दुइ दिन अघि ढुङगा प्रहारबाट गम्भिर घाइते भएको अवस्थामा भेटिएका युवकको मृत्यु भएको छ ।
बाघमोर्चा मन्दिर छेउमा दुइ दिन पहिले स्थानीय ३५ वर्षिय प्रबिण पाख्रीन गम्भिर घाइते अवस्थामा भेटिएका थिए । वीरगन्ज स्थित न्यूरो अस्पतालमा उपचारका क्रममा उनको आइतबार मृत्यु भएको हो ।उपचारका क्रममा पाख्रीनको आइतबार बिहान ११ बजे मृत्यु भएको सुवर्णपुर निवासी सुन लामाले बताए ।पाख्रीनको शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाइएको छ ।
पाख्रीनलाइ ढुङगा प्रहार गर्ने घटनामा संलग्न रहेको आरोपमा प्रहरीले १ जनालाइ पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
अनुसन्धानका क्रममा घटनामा ४ जनाको संलग्नता रहेको खुलेकोमा एक जना पक्राउ परेको र अरु ३ जना फरार रहेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक ओम प्रकाश खनालले जानकारी दिए ।
पक्राउ परेका बालक १७ वर्षका रहेकाले उनको परिचय गोप्य राखिएको खनालले बताए ।
मृतक पाख्रीनसंग आपसी विवाद भएको निहुमा ४ जनाले पाख्रीन ढुङगाले टाउको हानेर घाइते बनाइ फरार भएको पक्राउ परेका बालकले प्रहरीलाइ बयान दिएको खनालले जानकारी दिए ।
फरार रहेका अरु ३ जनाको पनि खोजी भइरहेको उनले बताए ।

Related posts

वीरगन्जबाट तस्करीकाे २८ लाखकाे सामान सशस्त्र प्रहरीद्वारा बरामद

MadhesKhabar

पर्साको सुर्जाहामा परालको थुप्रोभित्र लुकाएर राखिएको लागू औषध गाँजा बरामद

MadhesKhabar

सर्वोच्च अदालत परिसरबाट दुर्गा प्रसाईंका दुई जना बडिगार्ड बन्दूक र गोलीसहित पक्राउ

MadhesKhabar

Leave a Comment