Madhes Khabar
समाचार

एमाले नेता महेश बस्नेतबिरुद्धको रिट उच्च अदालतद्वारा पनि खारेज

काठमाडौँ,१८चैत:उच्च अदालतले नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध दायर रिट खारेज हुने फैसला सुनाएकाे छ।

बस्नेतविरुद्ध जबर्जस्ती करणीको आरोप अनुसन्धान नै नभएको दाबी गर्दै शाेभा पाठकले रिट दायर गरेकी थिइन्। सोही रिट खारेज गर्दै जिल्ला सरकारी वकिल काठमाडौँको निर्णय उच्च अदालतले सदर गरेको हो।

उच्च अदालतका न्यायाधीश सोमकान्त मैनाली र केशव अधिकारीको संयुक्त इजलासले यो फैसला गरेको हो।

पाटकले जिल्ला प्रहरी परिसरमा बस्नेतविरुद्ध उजुरी दिएकी थिइन्।उनको रिटमा दाबी नपुगेको भन्दै जिल्ला अदालतले मुद्दा नचलाउने निर्णय गरेको थियो।

सोही निर्णयविरुद्ध उनी उच्च अदालत गएकी थिइन्। उच्च अदालतले पनि जिल्ला अदालतकै फैसला सदर गरेको हो।

Related posts

कलैयाको नक्कली अडिट फर्ममा राजश्व अनुसन्धान विभागको छापामारी, सन्चालक कानु फरार

MadhesKhabar

वीरगन्जमा ट्रकको ठक्करबाट एक बृद्धको मृत्यु

MadhesKhabar

पत्रकार सर्राफको निधन भएको शोकमा हिन्दु स्वंयसेवक संघद्धारा श्रद्धान्जलीसभा

MadhesKhabar

Leave a Comment