Madhes Khabar
समाचार

वीरगन्जमा तस्करीको आशंकामा २ करोडको सामानसहित ३ वटा ट्रक प्रहरी नियन्त्रणमा

वीरगन्ज,२७माघःप्रहरीले राजश्व छलीको आशंकामा झण्डै दुई करोड मुल्यको सामानसहित तीन वटा ट्रक वीरगन्जबाट नियन्त्रणमा लिएको छ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डक चोकबाट शनिबार बेलुकी प्रहरीले बा.१ ख ९९०९, ना.६ ख ५४९१ र ना.६ ख ६३९७नम्बरको मालबाहक ट्रक नियन्त्रणमा लिएको हो ।

वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेका तीन वटै ट्रक प्रहरीले गण्डक चोकमा रोकेर चेकजाँच गर्र्दा बिलबिजक भभन्दा बढी परिमाणमा १ हरोड ९५ लाख ४९२ रुपैयाँ मूल्यका सामान भेटिएप्छि सामानसहितको ट्रक नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।

सामानसहितको ट्रक आवश्यक अनुसन्धान तथा कारबाहीका लागि बाराको पथलैयास्थित राजश्व अनुसन्धान कार्यालयमा बुझाइएको प्रहरी नायब उपरीक्षक लम्सालले बताए ।

Related posts

मतदाता शिक्षा प्रभावकारी नहुँदा मतदाताहरु अन्योलमा

MadhesKhabar

दिगो र समावेशी खानेपानी आयोजनालाई अझ सशक्त रूपमा अगाडि बढाउँछौँ : मन्त्री यादव

MadhesKhabar

वीरगन्ज नाकाबाट ६ लाख रुपैयाँसहित एक महिला पक्राउ 

MadhesKhabar

Leave a Comment