Madhes Khabar
समाचार

१ करोड ४२ लाख मूल्यको हार्डवेयर सामानसहितको ट्रक पर्सा प्रहरीको नियन्त्रणमा

वीरगन्ज,६असोजःवीरगन्जबाट प्रहरीले तस्करीको आशंकामा १ करोड ४२ लाख भन्दा बढी मूल्यको हार्डवेयरको सामानसहितको एउटा ट्रक नियन्त्रणमा लिएको छ ।

वीरगन्ज महानगरपालिका वडा १९ स्थित सडकबाट शनिबार बिहान वीरगन्जबाट काठमाडौं जाँदै गरेको बा ५ ख ६७५ नम्बरको उक्त मालवाहक ट्रक नियन्त्रणमा लिएको हो ।जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले उक्त ट्रक रोकेर चेकजाँच गर्र्दा ट्रकमा बिलबिजकमा उल्लेख गरिएको भन्दा बढी परिमाणमा हार्डवेयरको सामान भेटिएपछि नियन्त्रणमा लिएको पर्साका प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए ।

ट्रकबाट १ करोड ४२ लाख १ हजार ७९२ रुपैयाँ मूल्यको हार्डवेयरका सामान बरामद गरी ट्रकसहित आवश्य कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बरामा बुझाइएको भारतीले जानकारी दिए ।

Related posts

बंगलादेशमा हिन्दुमाथि भएको हिंसाका दोषीलाई कारबाही गर्न उज्यालो नेपाल पार्टी पर्साको माग

MadhesKhabar

वीरगन्ज महानगरको न्यायिक समितिमा न्यायधिश अर्यालले गरे निरिक्षण

MadhesKhabar

सवारी दुर्घटना रोक्न स्पीड ब्रेकर निर्माण गर्ने राधेमाइका युवाहरुको निर्णय

MadhesKhabar

Leave a Comment